राजनीति

कांग्रेस पराजयको दोष देउवालाईमात्र दिनु हुन्नः शशांक

कांग्रेस पराजयको दोष देउवालाईमात्र दिनु हुन्नः शशांक


काठमाडौं। कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टी पराजयको जिम्मेवारी सबैले लिनुपर्ने बताएका छन् ।

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित हुनुको दोष सभापति शेरबहादुर देउवालाई मात्र लगाउन नहुने बताएका हुन् । कावासोतीमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले पार्टी पराजयको अपजस कुनै एक व्यक्तिलाई दिनुभन्दा अब पार्टीलाई पुनर्जीवन दिन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । उनले संसदमा बलियो प्रतिपक्षीको भूमिकामा रहने र पार्टीभित्रको सबै असन्तुष्टि समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।

नागरिक दैनिक

विशेष