रक्तचन्दनको धन्दा बन्द गराउने र अटेरी एलडिओलाई शौचालयमा थुन्ने यादव पनि विजयी
धनुषा । प्रतिनिधिसभा क्षेत्र नम्बर – १ मा वामगठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मातृका यादव विजयी भएका छन् । राजपा फोरम गठबन्धन र कांग्रेस राप्रपा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै यादव विजयी भएका हुन् ।
यादवले २६ हजार ४१८ मत ल्याएर विजयी भएका हुन् । राजपा फोरमका उम्मेदवार दिपक कार्कीले १७ हजार २९६ मत ल्याए । त्यसैगरी नेपाली कांग्रेस राप्रपा गठबन्धनका उम्मेदवार आनन्द प्रसाद ढुङ्गानाले १५ हजार ६७९ मत प्राप्त गरे ।
विजयी यादव कुनै बेला वनमन्त्री हुँदा उनले रक्तचन्दनको धन्दा बन्द गरिदिएका थिए । अटेरी गर्ने एलडिओलाई शौचालयमा थुनेका थिए ।