समानुपातिकमा विवेकशील पाँचौं, कटाउला थ्रेसहोल्ड ?
काठमाडौं । प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचनमा विवेकशील साझा पार्टीको पोजिसन हालसम्म पाँचौं छ । पहिलोमा एमाले, दोस्रोमा कांग्रेस छ भने तेस्रो माओवादी छ ।
विवेकशील भन्दा अगाडि संघीय समाजवादी फोरम छ । हालसम्मको नतिजाले विवेकशीललाई समानुपातिकमा राजपा नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति जस्ता राजनीतिक दललाई पनि पछाडि पारेको छ ।
विवेकशीलले प्रत्यक्षतर्फ एक पनि सिट नजितेपछि यो पार्टीले राष्ट्रिय पार्टीको मान्यता नपाउने निश्चित भइसकेको छ । तर यदि सदर मतको ३ प्रतिशत मत पाएको खण्डमा उसको प्रतिनिधित्व संसदमा हुनेछ । अन्यथा उसले पाएको मतबाट कुनै प्रतिनिधित्व हुनेछैन ।
यसका लागि हालको हिसाबअनुसार करिब ३ लाख मत कटाउनै पर्ने बाध्यता छ । अहिलेसम्म विवेकशीलले ५९ हजार ३७२ मत पाएको छ ।
एमालेले १० लाख बढी, कांग्रेसले ९ लाख बढी र एमालेले ४ लाख बढी मत पाएका छन् ।