राजनीति

रेशम चौधरीलाई वारेसमा प्रमाणपत्र दिइएन, अब के हुन्छ सांसद पद

रेशम चौधरीलाई वारेसमा प्रमाणपत्र दिइएन, अब के हुन्छ सांसद पद


धनगढी । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा विजयी रेशम चौधरीका वारेसलाई निर्वाचन जितेको प्रमाणपत्र दिइएन ।

निर्वाचन आयोगाबाट उम्मेदवार आफैँ उपस्थित भएमात्रै प्रमाण दिनु भनेर निर्देशन दिएकाले चौधरीको प्रमाणपत्र वारेसलाई नदिइएको निर्वाचन अधिकृत खिमानन्द भुसालले जानकारी दिए । ‘उम्मेदवार आफैँ आएमात्रै दिनु भन्ने निर्देशन आएकाले वारेसलाई प्रमाणपत्र नदिइएको हो’, उनले भने ।

प्रतिस्पर्धी उम्मेदवारलाई फराकिलो मतान्तरले हराएका रेशमले जितको प्रमाणपत्र लिन उनकी पत्नी रञ्जिता श्रेष्ठ थारु वारेस बनेर गएकी थिइन् । तर, उनलाई प्रमाणपत्र दिइएन । रञ्जिताले निर्वाचन अधिकृतको कार्यालयले पक्षपातपूर्ण निर्णय गरेको आरोप लगाइन् ।

आजको अन्नपूर्णमा खबर छ ।

विशेष