हेर्नुहोस् त ! मन्त्रीले चुनाव खर्च लिएर ‘हाम्रीलाई होइन राम्रीलाई’ बनाएछन् अध्यक्ष !
काठमाडौं । विभागीय मन्त्री छन् कांग्रेसको । तर, नियुक्ति पड्काउने परिन् कमल थापाका पार्टीका कोषाध्यक्ष पुत्री । कांग्रेस निकटकै चलचित्रकर्मीलाई बाइपास गर्दै सञ्चारमन्त्री मोहन बस्नेतले राप्रपाकी चेलीलाई अघि सारेपछि कांग्रेससम्बद्ध चलचित्रकर्मी मुर्मुरिने नै भए । तर, जति नै मुर्मरिए पनि उनले अस्ति सोमबारको क्याबिनेटबाट निर्णय गराई छाडे–चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल ।
यसरी कांग्रेस मन्त्रीले राप्रपाको चेलीलाई बोक्नुको कारण हो चुनाव खर्च । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमसँग चुनावखर्च वापत दुई करोड असुल गरेको आशंका कांग्रेस पक्षधर चलचित्रकमर्कीले गर्न थालेका छन् । जेठदेखि रिक्त चलचित्र विकास बोर्डमा अध्यक्ष बन्ने लितलिगे दौडमा अरु प्रतिस्पर्धीलार्ए पछाडि पार्दै गोपीकृष्ण हल मालिक उद्धब पौडेलकी छोरी निकिताले बाजी मारेकी हुन् । सोमबारको मन्त्रिपरिषद बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
बोर्ड अध्यक्ष्का लागि उनीसँगै सुष्मा थापा कार्की, आलोककुमार तिवारी, उज्ज्वलप्रसाद घिमिरे, गोपाल रिजाल आयुष, चोपेन्द्र सागर पराजुली, टीकाराम घिमिरे, मनीष पाण्डित, सुचिता श्रेष्ठ र सुदीपकुमार रेग्मीले आवदेन दिएका थिए । यी सबैलाई पछाडि पार्दै चुनाव खर्च व्यहोरिदिएबापत सञ्चारमन्त्रीले पौडेललाई बोर्ड अध्यक्ष बनाएको चर्चा कांग्रेससम्बद्ध कलाकारले गर्न थालेका छन् । विकास बोर्डले महिलो महिला अध्यक्ष पाउनु सुखद कुरा भए पनि हल सञ्चालकलाई नै बोर्डको अध्यक्ष बनाउँदा निकिताको स्वार्थ बाझिने हिसाबले काम नहोला भन्ने के ग्यारेन्टी ?
जनआस्था साप्ताहिकबाट