राजनीति

निर्वाचनमा डबल ह्याट्रिक गर्ने यी दुई नेता

निर्वाचनमा डबल ह्याट्रिक गर्ने यी दुई नेता

काठमाडौं ।  अवश्य पनि निर्वाचनमा उम्मेदवार भएपछि जित्ने दावी धेरैले गर्छन् त्यहिअनुसारको दौडधुप पनि गर्छन् तर, सफलता कोही एकले मात्र पाउँछ । लोकतन्त्रको यथार्थ यही हो ।

पटक पटकको चुनावी दौडमा निरन्तरको सफलता भने विरलैले मात्र पाउँछन् । निर्वाचनमा डबल ह्याट्रिक गर्ने दुर्लभ अवसर यसपटकको निर्वाचनमा काग्रेस सभापति शेर बहादुर देउवा र सोही दलका नेता विजय गच्छदारलाई मात्र प्राप्त भएको छ ।

२०४८ यताका हरेक निर्वाचनमा निरन्तर सफलता पाउनेहरुमा उनीहरु मात्र छन् । ०४८, ०५१, ०५६, ०६४, ०७० र यसपटकको चुनावी परीक्षामा समेत देउवार गच्छदार फेल हुनु परेन ।
समाचारपत्र

विशेष