विचित्र विश्व

१८ करोडको भैंसी ! यस्तो छ खुराक

१८ करोडको भैंसी ! यस्तो छ खुराक

पंजाब । डिसेम्बर १ देखि ११ सम्म पंजाबमा आयोजित अल इंडिया पशु प्रदर्शनीमा प्रथम भर्इ रुस्तमले एक लाख एकहत्तर हजार भारु पुरस्कार जितेको छ ।

रुस्तम भारतको जिंदस्थित् गलौती गाउँका एक रिटायर्ड आर्मी क्याप्टेन हरिओमद्वारा पालिएको भै‌ंसीको नाम हो । यसअघि पनि धेरै पटक लगातार ट्रफी जितेर च्याम्पियन बनिसकेको रुस्तमलार्इ गाउँमा फूलमाला र बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।

५.८ फिट उचाइ र १५.३ फिट लम्बाइ भएको उक्त भैंसीलार्इ आफ्नो नियमित खुराकको रुपमा ३०० ग्राम घिउ, ३ किलो चना, आधा किलो मेथी, १०० ग्राम बदाम, १० किलो दुध एवं ३.५ केजी गाजर खुवाइन्छ । साथै यसलार्इ बस्न म्याट ओछ्याइएको छ ।

भैंसीधनी क्याप्टेन हरिओमले बताए अनुसार पंजाबमा भएको उक्त प्रदर्शनीमा रुस्तमको मुल्य ११ करोड भारु तोकिएको थियो । तर उनले बेच्न अस्वीकार गरे । रुस्तमको आमा पनि अझै सँगै रहेको र जसले २५.५ लिटर दुध दिने गरेको पनि उनले बताए ।

रुस्तमको पुरस्कार जित्ने सिलसिला भने गाउँमै भएको एक प्रदर्शनीमा ५०० भारु जितेर भएको थियो । सन् २०१३ यता रुस्तमले विभिन्न अवसरमा च्याम्पियन बनेर थुप्रै पदक र पुरस्कारहरू जितिसकेको छ । हरिओम अब फेब्रुअरीमा हुने प्रतियोगितामा प्रथम स्थान हासिल गर्न तयारीमा जुटेको पनि बताए ।

विशेष