विचित्र विश्व

मण्डपबाटै दुलही उठाएर बलात्कार गर्ने सद्दाम हुसेनका छोरा उदय, कस्तो थियो उनको जीवन

मण्डपबाटै दुलही उठाएर बलात्कार गर्ने सद्दाम हुसेनका छोरा उदय, कस्तो थियो उनको जीवन

काठमाडौं । इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेन र उनका छोराको बारेमा लुकेका थुप्रै रहस्यहरू खुलेका छन् ।

३० वर्ष इराकमा निरंकुश शासन गर्ने तानाशाह सद्दाम हुसेन र उनका छोरा उदय हुसेनको एेय्यासी जीवन र क्रूरताको बारेमा उदयका ‘बडी डबल’ वा डुप्लिकेट लतिफ याहियाले एक अन्तर्वार्तामार्फत् खुलासा गरेका छन ।

लतिफले बताए अनुसार उदयले उनलार्इ सन् १९८३ मा आफ्नो सुरक्षाको निम्ति डुप्लिकेटको रुपमा नियुक्त गरेका थिए । उदयको मृत्युपछि उनले थुप्रै गोप्यता खोलेका छन् । उनी भन्छन्, उदयलार्इ आफूलार्इ मन परेपछि जोसुकै महिलालार्इ उठाएर ल्याउँथे ।

उदय एकपटक एउटा विवाहमा गएका थिए जहाँ उनलार्इ दुलही राम्रो लाग्यो र उक्त बेहुलीसँग सुहागरात मनाउने जिद्दी गरे र उठाएर होटेलमा लगी बलत्कार गरे । बेहुलीले आफूमाथिको अत्याचार सहन नसकी होटेलको छतबाट हामफालेर आत्महत्या गरिन् । तर तानाशाह सुपुत्र भएकै कारण सो बारे कसैले आवाज उठाएनन् ।

उस्तै अनुहार भएको कारण कुनै पनि खतरा तर महत्वपूर्ण काममा उदयले लतिफलार्इ पठाउँथे । इराकी सेनामा लेफ्टिनेन्टको रुपमा कार्यरत लतिफलार्इ ‘बडी डबल’ को रुपमा नियुक्त गरिसकेपछि उनलार्इ पीडा दिनुको साथै गोप्यता भंग गरेमा पुरै परिवारलार्इ मार्ने धम्की दिएका थिए ।

सद्दाम लगायत उनका दुर्इ भाइ छोराहरू कुनै महत्वपूर्ण राजनीतिक सभा समारोहमा भाग लिन आफू नगर्इ आफ्ना डुप्लिकेटलार्इ पठाउने गर्दथे । उनले यो पनि बताए कि जब इराकले कुबेतमाथि हमला गरेको थियो, त्यसबेला इराकी सेनालार्इ उदय हुुुसेन बनेर सम्बोधन लतिफले नै गरेका थिए । पछि सीआर्इएको सहयोगले उनी भाग्न सफल भएका थिए ।

उदय हुसेन विलासी पनि थिए । महंगो कार, हवाइजहाज, बन्दुक एवं गरगहनाका सौखिन थिए उदय । उनले कार र बन्दुक खुब संग्रह गरेका थिए । उनको रूचीको २०१ माइल प्रतिघण्टा अधिकतम गति भएको ट्वीन टर्बो भी-८ इंजिनयुक्त फरारी एफ-४० मोडलको कार सद्दामको शासन समाप्त भएपछि ग्यारेजमा धुलो खाइरहेको छ ।

अमेरिकाले रासायनिक हतियार राखेको आरोपमा सन् २००३ मा इराकमाथि आक्रमण गर्दा जुलार्इ २२ मा उदय र उनका भाइ मारिएका थिए भने पिता सद्दाम हुसेन पक्राउ परे । सद्दामलार्इ सन् २००६ डिसेम्बर ३० मा फाँसी दिइएको थियो । 

विशेष