राजनीति

काभ्रेका सबै निर्वाचित सांसद नयाँ

काभ्रेका सबै निर्वाचित सांसद नयाँ

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसद सबै नयाँ अनुहार हुन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा निर्वाचित गंगाबहादुर तामाङ दोङ, स्थानीय तहको निर्वाचनमा तेमाल गाउँपालिकामा पराजित भएका थिए । उनी माओवादी केन्द्रको जिल्ला राजनीतिमा सक्रिय छन् । तामाङ यस पटक पहिलो चोटि संसद् छिर्दै छन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा निर्वाचित पत्रकार गोकुल बाँस्कोटा संविधानसभा निर्वाचन २०७० मा नेपाली काँग्रेसका कञ्चनचन्द्र वादेसँग पराजित भएका थिए । उनी नेकपा एमाले काभ्रेपलाञ्चोकका अध्यक्ष रहेका समेत छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ क बाट निर्वाचित रत्नप्रसाद ढकाल, प्रतिनिधिसभा क्षेत्र नं १ ख बाट निर्वाचित चन्द्र लामा, प्रतिनिधिसभा क्षेत्र नं २ क बाट निर्वाचित लक्ष्मण लम्साल, प्रतिनिधिसभा क्षेत्र नं २ खबाट निर्वाचित वसुन्धरा हुमागार्इं सबै नयाँ हुन् । काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र छन् ।

विशेष