विश्व हिन्दु महासंघले भन्यो, ‘धन्यवाद, अब बडामहाराजधिराजको तस्बीर अंकित मुद्रा आओस्’
काठमाडौं । पुस २७ को पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ ।
महासंघका अध्यक्ष भरतकेशर सिंहद्वारा हालै जारी विज्ञप्तिमा सरकारको यस्तो निर्णय स्वागतयोग्य छ भनिएको छ । महासंघले बडामहाराजधिराजको सम्मानमा अब सरकारले पृथ्वीनारायण शाहको तस्बीर अंकित मुद्रा पनि मुद्रण गर्न माग गरेको छ ।
‘र्वमान अखण्ड अविभाज्य र स्वतन्त्र तथा हालसम्म कुनै पनि समयमा उपनिवेश नभएको नेपाल राष्ट्रका निर्माता श्री ५ महाराजधिराज पृथ्वीनारायण शाहको योजदान र सम्मानमा मौसुफको जन्मदिन पौष २७ गते राष्ट्रिय महात्सवको रुपमा स्मरण गर्दै जन्मदिनको रुपमा मनाइँदै राष्ट्रिय बिदा घोषणा गरेकोमा यस्तो महत्वपूर्ण राष्ट्रवादी निर्णयका लागि सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारको प्रशंसा गर्दै विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय हार्दिक धन्यवाद अर्पण गर्दछ’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘ यस दिनलाई पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मान्दै राष्ट्रिय पर्वको रुपमा मनाइँदै आएको परम्परालाई नेपाल सरकारले गरेको यस राष्ट्रप्रेमी निर्णयले सोको निरन्तरता अब सदैव कायम रहिरहनेछ भन्नेमा विश्व हिन्दु महासंघलेज्ञ विश्वास राखेको छ ।’