राजनीति

भर्खर उदय भएको विवेकशील साझाको दुई दशमलव २६ प्रतिशत मत

भर्खर उदय भएको विवेकशील साझाको दुई दशमलव २६ प्रतिशत मत

काठमाडौँ ।  समानुपातिकतर्फ हालसम्म गनिएका ९३ लाख ७२ हजार ५ सय ४४ मतमध्ये विवेकशील साझा पार्टीले छैँटौँ स्थान हासिल गरेको छ। विवेकशीलले अहिलेसम्म २ लाख १२ हजार २ सय ९३ मत प्राप्त गरेको छ।

विवेकशीलले पाएको मत सम्पूर्ण मतको २ दशमलव २६ प्रतिशत हो। थ्रेसहोल्ड कटाएर समानुपातिकतर्फ सिट हासिल गर्न विवेकशीलले ३ प्रतिशत मत ल्याउनुपर्थ्यो। एमाले, कांग्रेस, माओवादी, फोरम र राजपापछि छैँटौँ स्थानमा विवेकशील आएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टीलगायतले पाएको मत विवेकशीलभन्दा तल छ। अब सुनसरी र सर्लाहीका केही स्थानको मात्र गणना बाँकी छ।

विशेष