राजनीति

हेभीवेट हराउनेलाई चिन्नुस्

हेभीवेट हराउनेलाई चिन्नुस्


काठमाडौ । एमाले केन्द्रिय सदस्य पद्ममा अर्यालले स्याङ्जा क्षेत्र नम्बर २ मा राज्यशक्तिको दुरुपयोगले मात्र नपुगी बुथकब्जा गरेर चुनाव जित्न खोज्ने उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरी इतिहास रचेकी हुन् ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रहरी प्रशासनदेखि कर्मचारीसमेत सेटिङ गरी चुनावमा चापाकोट र शेखामका बुथ कब्जा गरे तर बुथकब्जाका बावजुद पनि उनी चुनावमा पराजित भएका छन् ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा ऐन संशोधन र सीटीभीटीबाट मापदण्ड नै नपुगेका कलेजहरुलाई सम्बन्धन दिएर करोडौं रुपैयाँ घुस खाएको आरोप लागेको छ । शिक्षा मन्त्री श्रेष्ठलाई शिक्षा ऐन संशोधनमार्फत अस्थायी शिक्षकलाई स्थायी गर्ने र सीटीभीटीबाट जथाभावी सम्बन्धन दिएर विद्यार्थी संगठनको मन्त्रालयमै कालामोसो नै दल्न खोजेका थिए । तर प्रहरीले उनलाई जोगाएको थियो ।

एमालेका कृष्णप्रसाद दाहालले अर्का मुसा प्रवृतिले चर्चित सदावहार उपप्रधानमन्त्री कमल थापालाई मकवानपुर १ बाट पराजित गरेका छन् । कमल थापाले जित्नका लागि जे जे हत्कण्डाद अपनाए पनि अन्तत उनी वाम गठबन्धनकै दाहालसगं पराजित भएका छन् ।

जग्गा माफियाका, मतियारको पनि दुर्गति

जग्गा कित्ताकाट रोक्दै भूमाफियाहरुसगं घुस लिदै अनुमति दिने भुमिसुधार तथा ब्यवस्था मन्त्री गोपाल दहित पनि बर्दिया २ बाट माओवादी केन्द्रका सन्तराम थारुसगं पराजित भएका छन् । श्रम तथा रोजगार मन्त्री फर्मुला मन्सुरलाई बारा ३ बाट संघिय समाजवादी फोरमका उम्मेदवार रामबावु प्रसाद यादवले पराजित गरिदिएका छन् । मन्त्री मन्सुर तेस्रो भएका छन् । अर्का हेभिवेट मन्त्री सुनिलबहादुर थापालाई धनकुटाबाट एमालेका राजेन्द्र राईले सजिलै पराजित गरेका छन् । स्थानीय निवार्चनमा कुनै तहमा पनि एक सदस्य समेत नजितेको राप्रपा प्रजातान्त्रिकबाट प्रतिनिधि सभामा निर्वाचनमा भाग लिन पुगेका थापाले बाबु सूर्यबहादुर थापाको विरासत र कागेंशको समर्थनमा जित्ने अपेक्षा राखेपनि १० हजार भन्दा मतान्तरले पराजित हुन पुगेका छन् ।

त्यस्तै पराजित हुनेहरुमा वनमन्त्री विक्रम पाण्डे चितवन ३ पनि हुन् । उनले ठुलो धनराशी खर्च गरेपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसगं ९ हजार मतान्तरले पराजित हुन पुगेका छन् । ठेकेदार मन्त्री पाण्डे यसअघि २०७० मा म्यानपावर व्यवसायी दानबहादुर तामाङलाई झिनो मतान्तरका साथ बिजयी भएका थिए । एमालेका उम्मेरदार तामाङलाई पाण्डेले पैसाकै बलले पराजित गरेका थिए । तर यो पटक ठेकेदार मन्त्रीले सय खोका रकम खर्च गर्दा पनि पराजित हुनुपरेको छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको बलियो संगठन र चितवनबासीले जिल्लाको विकासका लागि पनि उनको आवश्यकता देखेर जिताएर पठाएका हुन् । ह्याकुला बलिया भएकाले वाम गठबन्धनलाई पेलपाल पारेर जित्ने दम्भ देखाएका सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेत माओवादी केन्द्रका नेता अग्नि सापकोटासगं १० हजार भन्दा बढी मतान्तरले पराजित हुन पुगेका छन् । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत एमालेका कृष्ण राईसगं काठमाडौ ३ बाट पराजित भएकी छिन् ।

विशेष