ओली जस्तो राष्ट्रबादी नेता मैले देखेको थिइनँ, एमालेमै गइन्छ राजतन्त्रका पक्षमा लडिन्छ (भिडियोसहित)
रेशम लामा बर्तमान सरकारका उद्योग राज्यमन्त्री हुन् । राप्रपा, राप्रपा नेपाल हुदैं राप्रपा प्रजातान्त्रिक बाट लामो समय सम्म राजनीति गरेका लामा यसपटक भने बाम गठबन्धनलाई निर्वाचन जिताउन देश दौडाह गरे । पछिल्लो समय उनि बाम गठबन्धनमा प्रवेश गर्ने चर्चा छ । यसै सन्दर्भमा नेपाल आजले लामासँग कुराकानी गरेको छ । उनीसँगको कुराकानीको साराँश :
२०४६ सालमा राप्रपा स्थापना हुँदा म संस्थापक सदस्य थिएँ । कमल थापा मेरा आदरणीय नेता हुन् । आजसम्म म उहाँको विद्यार्थी हुँ । पछिल्लो समयले उहाँले भन्ने एउटा र गर्ने अर्को भएपछि म निस्किएको हुँ ।’
नेपालको भूगोललाई राम्रो कुरा राजतन्त्र र हिन्दुराष्ट्र नै हो । समय सबैभन्दा बलवान छ । समय आएपछि नेपाली जनताले नै राजतन्त्र चाहन्छन् । म वाम गठबन्धनमा प्रवेश गरिहाले भनेपनि यो दुईवटा एजेण्डा मसंगै हुनेछन् । नेपाली जनताको सम्वृद्धि र स्थायीत्वको लागि वाम गठबन्धन आवश्यक छ । राजतन्त्र आवश्यक छ या छैन थाहा भएन तर ल्याइनुपर्छ ।
नेपाल सरकारको उद्योग राज्यमन्त्री मन्त्रीको हैषियतबाट गर्ने नियमित कार्य भइरहेका छन् । हरेक स्थानीय निकायमा औद्योगिकग्राम हुनुपर्छ भनेर स्थापना गरेको छु । प्रजातन्त्रको इतिहास बोकेको विराटनगर जुटमिल विरोधमा हुँदा हुँदै पनि अहिले मेरै एकल प्रयासमा सञ्चालनमा आएको छ । कर्मचारीले समेत चलाउन सकिदैँन भनेर टिप्पणीसमेत गर्न मानेका थिएनन् हामीले चलाएर देखायौं । ’
‘३७ वटा सरकारी उद्योगधन्दा थिए अहिले चारवटामात्र छन् । सरकारको नेतृत्वमा खुलेको उद्योगधन्दाहरुले सरकारलाई नाफा होइन जनतालाई रोजगारी दिनुपर्छ । चालीस लाख नेपाली युवालाई विदेशबाट नेपाल फर्काउन सकियो भने त्यो भन्दा ठूलो नाफा अरु के हुन सक्छ ? त्यो नै सबैभन्दा ठूलो नाफा हो ।
राज्यले आफ्ना नागरीकलाई रोजगार हुन्छ भने निजी कम्पनीहरुको जस्तो् नाफा भएन भनेर रुनु हुंदैन् । राज्यको नाफा भनेको सबैले रोजगारी प्राप्त गर्नु हो ।
राप्रपाको हारका सन्दर्भमा
पार्टीले कार्यकर्ताको भविष्य र राजनीतिक भविष्य सुनिश्चित गरिदिनुपर्छ । तर,हाम्रो पार्टीले निश्चित केही व्यक्तिको मात्र भविष्य सुनिश्चित गर्न थालेपछि त्यो पार्टी रहिरहनुपर्छ जस्तो मलाई लागेन । कहिलेकाहीँ जित्नु भन्दा हार्नुमा मज्जा हुने रहेछ भनेर यो चनुावबाट सिकें । अहिले म खुशी छु । हामीले आफ्ना जीवनका उर्जाशिल समय खर्चेर बनाएको पार्टीले कुनै निश्चित व्यक्ति विशेषको भविष्य बनाउनतिर लागेपछि अन्तत्वगत्व उसले पाउने परिणाम त्यही हो ।
उसो त राप्रपाले मलाई साधारण सदस्यनै नरहने गरी कारबाही गरेको छ भनेर सुनेका छन् । तर मलाई आधिकारीक रुपमा कुनै पत्र प्राप्त भएको छैन् । जसले मलाई बर्खास्त गरायो त्यही पार्टीलाई नै नेपाली जनताले सदाको लागि बर्खास्त गरिदिए । यो नै मेरो लागि सबैभन्दा खुशीको कुरा हो । कार्यकर्ताहरु सधैं कारिन्दा हुनु्पर्ने । देशभरिका कार्यकर्ता साथीहरुले घरैमा बसेर पद बनाउने भनेर म्यान्डेट बनाए ।
गुण्डागर्दी बारे
जनताको सेवा गर्नेलाई गुण्डा भनिन्छ भने मलाई थाहा भएन । गुण्डा भन्ने शब्द नेपाली शब्दावलीमा नै छैन । म एउटा किसानको छोरो हुँ । गुण्डागर्दीका क्रिाकलापमा संलग्न भएको कुनै पनि अनुभव मसँग छैन । आन्दोलनको समयमा म शंखरदेव कलेजमा पढ्थें । म पढेर जागिर खाएर नाम कमाउने हिसाबमा काठमाडौं आएको थिएँ । तर परिस्थितिले मलाई पनि राजनीतिमा तान्यो । मेरो समाजसेवा र आफ्नो पेशावाहेक अरु कुरामा ध्यान नै गएन ।
पेशाले म निर्माण व्यवसायी हुँ । २४ वर्षदेखि आफने पेशामा निरन्तर काम गरिरहेको छु । सानो कामबाट अहिले ‘क’ वर्गसम्म आइपुगेको छु ।
पूर्व राजा ज्ञानेन्द्रको जन्मोत्सबमा म पनि दरबारमा पुगेको थिएँ । राजा ज्ञानेन्द्रले मलाई चिन्नुहुन्छ हुन्न थाहा छैन तर म राम्रोसँग चिन्छु । यो राजाले बनाएको देश हो । देशले बनाएको राजा होनइन । त्यसकारण राजतन्त्र र नेपालको लागि यो पर्याय हो, छ ।
पदको लोभ मसँग छैन । महामन्त्रीमात्र होइन मन्त्रीको पनि पर्वाह नगरि वाम गठबन्धनको समर्थन गरेको हुँ । अब बोली फेरिदैंँन भन्ने मलाई विश्वस छ । एउटा पार्टीभित्रै बसेर संघर्ष गर्ने हो । जहाँसुकै बसेपनि नेपाली जनताको लागि काम गर्न सक्छु भन्ने विश्वास छ । केपी ओली जस्तो राष्ट्रबादी नेता मैले मेरो जिवनकालमै देखेको थिइनँ । उनको राष्ट्रबादले गर्दा नै आफू कम्युनिष्ट हुनेमा ढुक्क छु । यद्धपी कहिले जाने बारेमा छलफल चलिरहेको छ ।
Resham Lama