राजनीति

देश र जनतालाई समृद्ध बनाउन कृषि, भौतिक पूर्वाधार तथा पर्यटन क्षेत्रको विकास गर्नुपर्छः नेता नेपाल

देश र जनतालाई समृद्ध बनाउन कृषि, भौतिक पूर्वाधार तथा पर्यटन क्षेत्रको विकास गर्नुपर्छः नेता नेपाल

काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश र जनतालाई समृद्ध बनाउन कृषि, भौतिक पूर्वाधार तथा पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

साँखुको ईन्द्रायणी तथा त्यस वरपर क्षेत्रका स्थानीयसँगको भेटघाटपछि भएको भेलामा उनले मुलुकमा रोजगार वृद्धि गर्न यस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए । नेता नेपालले स्थानीय तहमा युवा उद्यमशीलता तथा महिलाका लागि घरेलु उद्यमका कार्यक्रम सञ्चालन गर्न विभिन्न आर्थिक परियोजनाको खाँचो औल्याउँदै अल्पकालीन तथा दीर्घकालीन योजनामार्फत सामाजिक सशक्तीकरण सम्भव रहेको विचार व्यक्त गरे ।

शंखरापुर नगरपालिकाको ऐतिहासिक महत्वलाई प्रवद्र्धन गर्न त्यस क्षेत्रमा ठूलो शंख बनाउने प्रतिबद्धता व्यक्त गर्दै जोरपाटीदेखि साँखुसम्मको सडक विस्तार चाँडो सम्पन्न गर्न आफूले भूमिका निर्वाह गर्ने जानकारी गराए ।

madhav kumar nepal

विशेष