राजनीति

कुटनीतिक मर्यादा कुल्चदै आरजु म्याम सुटुक्क किन पुगिन दिल्ली ?

कुटनीतिक मर्यादा कुल्चदै आरजु म्याम सुटुक्क किन पुगिन दिल्ली ?


काठमाडौ । वाम गठबन्धनका अगाडि कांगेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवा शतिशाली पत्नी आरजु राणा देउवाले जित्ने बिश्वास व्यक्त गरेकी थिइन् ।

आफनो जितमा पूर्णरुपमा विश्वत देखिएकी उनले आफ्ूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै मत मागेपनि उनको भागमा अन्तत उही पराजय नै प¥यो । चुनावी हारपछि बिक्षिप्तप्राय बनेकी तिनै आरजु धनगढी, महेन्द्रनगर र बनवासा हुँदै सुटुक्क भारतको नयाँ दिल्ली पुगेर फर्केको खबर आजको साँघु साप्ताहिकमा छ ।

स्रोतका अनुसार, ०७४ मंसिर २३ गते आरजु धनगढीमा वनवासा हुँदै नयाँ दिल्ली पुगेकी हुन् । एमालेका नारदमुनि रानासगँ फराकिलो मतान्तरमा पराजित भएकी आरजु हारको पीडा सहन नसकेर हो या अरु कुनै कारणले त्यता लागिन् ? अहिलेसम्म तथ्य सतहमा आउन सकेको छैन ।

प्रधानमन्त्री पत्नी फस्टलेडी राज्यलाई बिना जानकारी अर्को मुलुकको भ्रमणमा जानुलाई कूटनीतिमा नाजायज मानिन्छ । आरजु कूटनीतिक मर्यादालाई कुल्चेर सुटुक्क नयाँ दिल्ली पुुगेपछि, कूटनीतिक वृतमा त आलोचना भइरहेको छ । उता, कांगेशभित्र र बाहिर आरजु नयाँ दिल्ली पुग्नुको रहस्यबारे समेत उत्तिकै चर्चा र खोजीनीति भइरहेको छ ।

स्रोतका अनुसार, गुपचुप नयाँ दिल्ली पुगेकी आरजु नयाँ दिल्लीबाट ०७४ मंसिर २९ गते काठमाडौ फर्किएर पुस २ गते धानगढी पुगेको खबर छ ।

विशेष