कला साहित्य

गजल

फडिन्द्र श्रेष्ठ

गजल


तिम्रो र मेरो हिढ्ने वाटो फरक पर्यो,
जन्मथलो र कर्मथलो माटो फरक पर्यो ।

तिमी पर्यौ शहरिया तर म गाउले पाखे,
विहान वेलुका खाने आटो फरक पर्यो ।

मोवाईल र कम्प्युटरमा कुन्नि के के खेल्छौ,
मैले खेल्ने ढिकि अनि जातो फरक पर्यो ।

मलाई भ्रम भएछ हाम्रो घर आगन एउटै भन्ने,
तर मेरो घर घढेरि र वारीको पाटो फरक पर्यो ।

विशेष