पार्टी एकता बारे मुख खोले रवीन्द्र मिश्रले

काठमाडौं । नयाँ शक्ति र विवेकशील साझा पार्टीबीच पार्टी एकताका विषयमा छलफल भएको भन्ने समाचारको विवेकशील साझाले खण्डन गरेको छ । विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले आफ्नो अफिसियल ट्वीटरबाट ट्वीट गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
केही अनलाइन समाचार माध्यममा नयाँ शक्ति नेपालका सयोजक बाबुराम भट्टराई र विवेकशील साझाका मिश्रबीच पार्टी एकताका विषयमा छलफल भएको भन्ने अपुष्ट समाचार आएका थिए । मिश्रले ट्वीटमार्फत नयाँ शक्तिका संयोजक भट्टराईलाई बधाई तथा शुभकामना दिँदै दुई पार्टीको एकताका विषयमा आएका समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।