स्वर्गीय मेरि अामा प्रति समर्पित
धाउथिन सधैं खेतवारी कठै मेरि आमा,
खोज्दै खोज्दै घासको भारी कठै मेरी आमा
छैन वल छैन ताकत सुस्केरामा हिढ्थिन,
कहिले वारि कहिले पारी कठै मेरि आमा
खुसि बनाई खुवाउथिन सधैं सधैं भरि,
आफ्नो भोक प्यास मारी कठै मेरि आमा
अत्तालिन्थिन छोरा विग्र्यो छोरी विग्रि भन्दै,
अमुल्य ती आंसु झारी कठै मेरि आमा
दुस्ख पिंढा विर्सि सारा मुस्कुराउदा खेरि,
लाग्छ यी हुन् महान नारी कठै मेरि आमा
–फणिन्द्र श्रेष्ठ
poem