राजनीति

केही दिनमा नयाँ सरकार गठन हुन्छः अध्यक्ष ओली

केही दिनमा नयाँ सरकार गठन हुन्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको केही दिनमा नयाँ सरकार गठन हुने र त्यही सरकारले अध्यादेश जारी गर्ने बताएका छन् ।

वाम गठबन्धनले आज काठमाडौंमा आयोजना गरेको बधाई कार्यक्रममा अध्यक्ष ओलीले सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश एकलौटी र संविधान विपरीत भएकाले जारी हुन नसक्ने धारणा राखे ।

एमालेका अध्यक्ष ओलीले वाम गठबन्धनका नेता तथा कार्यकर्ताको आम चाहना अनुसार निकट भविष्यमा पार्टीको एकीकरण हुने उल्लेख गर्दै ढुक्क रहन सबैलाई आग्रह गरे ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले लोकतान्त्रिक मूल्य मान्यता अनुरुप सरकारले नयाँ सरकार गठन गर्ने मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले वाम गठबन्धनको स्पष्ट बहुमत आइसकेकोले सरकार निर्माणमा गतिरोध उत्पन्न नगर्न सरकारलाई आग्रह गरे ।

त्यस अवसरमा काठमाडौं जल्लाका प्रतिनिधि सभामा निर्वाचित माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल तथा प्रदेश सभामा निर्वाचित एमालेका अष्टलक्ष्मी शाक्य लगायतका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

 

 

KP Oli

विशेष