राजनीति

महारानी हार्दाको मज्जा, कांग्रेस कार्यकर्ता पिकनिक खाएर यसरी मानउँदैछन् खुसियाली

महारानी हार्दाको मज्जा, कांग्रेस कार्यकर्ता पिकनिक खाएर यसरी मानउँदैछन् खुसियाली


काठमाडौं । कांग्रेसजनलाई चुनाव परिणामले खुसी हुने अवस्था बनाएन ।

तर, प्रधानमन्त्रीपत्नीले चुनाव हारेको खुसीयालीमा भक्तपुरका कांग्रेशसम्बद्द महिला पिकनिक खाएर रमाइलो मनाउने तयारीमा छन् । स्थानीय निर्वाचनमा सूर्यविनायक नगरपालिका उपप्रमुखमा पराजित कल्पना राजथला, मध्यपुरबाट उपप्रमुखमा जितेकी अञ्जना मधिकर्मी, महिला संघकी पूर्वसभापति शानदा झा, राधेश्याम जोन्से, कल्पना कायस्थ, शुभद्रा काफले, रञ्जना कक्षपति, लक्ष्मी शोभा प्रजापति, गंगालक्ष्मी अवाल, निर्मला फाँजु, साधना मल्ल ठकुरीलगायत भक्तपुरका महिला संघसम्बद्द महिला पैसा उठाएर पिकनिक खान जाने भएका हुन् ।

कांग्रेसनिकट भ्रातृसंगठन महिला संघको सबैभन्दा क्रियाशील महिला संघलाई मानिन्छ । भक्तपुर महिला संघका सदस्य धेरै भएको हुँदा नगर छुटयाएर पिकनिक जाने नेत्रीहरुको तयारी छ ।

प्रदेश र प्रतिनिधिसभाको टिकट वितरणप्रति भक्तपुर महिला संघका अगुवाले चित्त दुखाउँदै आएका छन् । अम्बिका बस्नेतजस्ता महिलाले टिकट पाएको प्रति उनीहरुको आपत्ति छ । मंगलबार बिहान महिला संघ भक्तपुरको एक सदस्यलाई जनआस्थाले जिज्ञासा राख्यो आरजु देउवाले निर्वाचनमा पराजय व्यहोरेको खुसीयालीमा पिकनिक जान लाग्नुभएको हो ? उनले हास्दै जवाफ फकाईन् एक दुई दिन पर्खिस्यो न हजुरलाई पनि निमन्त्रणा कार्ड पठाउँछु ।

 

विशेष