राजनीति

कांग्रेसमा सुरु भयो अनौठो कलह

कांग्रेसमा सुरु भयो अनौठो कलह

काठमाडौं । प्रतिकूल निर्वाचन परिणामपछि सभापति शेरबहादुर देउवाले पार्टीको भविष्यबारे उतिधेरै चिन्ता नगरेको भन्दै रामचन्द्र पौडेलपक्षीय कांग्रेस नेतृत्व देशव्यापी अभियानमा जुटेको छ ।  

सातवटै प्रदेशमा भेला आयोजना गर्ने, पार्टी रुपान्तरणका पक्षमा सक्रिय हुनेजस्ता योजना साथ एउटा टिम बनेको छ । तर, घोषणाका लागि शेरबहादुरसँग छलफलको प्रयास भइरहेको पौडेलनिकट स्रोतले बतायो ।  

चाँडै केन्द्रीय समिति बैठक, उक्त बैठकबाट निर्णय गरी महासमिति बैठक बोलाउने र महासमितिलाई विशेष महाधिवेशनमा रुपान्तरण गरी नयाँ नेतृत्वका लागि अग्रसर हुने पौडेलहरुको योजना छ ।   उता, रामचन्द्र पौडेल, विमलेन्द्र निधि र शेखर कोइरालालाई हराउने काममा सभापति देउवाकै भूमिका रहेको आरोप पार्टीमा लाग्न थालेको छ । त्यसका लागि आवश्यक प्रमाण संकलन भइरहेको स्रोतले जनाएको छ ।  

प्रहरी महानिरिक्षक प्रकरणमा विमलेन्द्र नवराज सिलवालको पक्षमा थिए । उनी त्यतिबेला गृहमन्त्री हुन् । आरजुले पहिल्यै जयबहादुर चन्दलाई सिफारिस गर्न दबाब दिएकी थिइन् । तर, आरजुको कुरा पनि नमानेर विमलेन्द्र सिलवालको पक्षमा थिए । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

विशेष