आज शिव सेनाले गर्दैैैछ काठमाडौंमा शक्ति प्रदर्शन
निर्वाचन धोकामात्र नभएर जनतामा भ्रम छर्ने षडयन्त्र
काठमाडौं । हिन्दू धर्म र राजसंस्था पुर्नस्थापनाका लागि शिव सेना नेपालले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
राजतन्त्र, सनातन हिन्दू धर्मको रक्षार्थ हिन्दू राज्य र राष्ट्र बचाउने अभियानसहित गौशाला र गोंगबुबाट जुलुसको नेतृत्व हुने र काठमाडौंका विभिन्न ठाउँबाट समर्थकको सहभागीत हुने शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले बताए ।
‘राजा भए देश हुने र देशको रक्षा हुने कुरामा जनताको अभिमत हुनुपर्छ । राजाविनाको देश हुँदैन, राजनीतिक दलले मुलुकलाई विखण्डनमात्र होइन, अस्तित्व नै समाप्त पार्ने योजना बनाएपछि हामी शक्ति देखाउन बाध्य भयौं’, बस्नेत भन्छन्,‘यो निर्वाचन धोकामात्र नभएर जनतामा भ्रम छर्ने षडयन्त्र भएको हाम्रो ठहर छ । हामी सनातन धर्म र राष्ट्रलाई धरापमा पार्ने निर्वाचनको विरोधमा निरन्तर विभिन्न ठाउँमा शक्ति प्रदर्शन गर्छौं ।’
यसअघि पहिलो चरणको चुनाव अघि पनि शिव सेनाले काठमाडौं उपत्यकालगायतका विभिन्न ठाउँमा हिन्दू धर्म रक्षार्थ घरदैलो गर्दै निर्वाचन धोकापूर्ण रहेको भन्दै शक्ति प्रदर्शन गरेको थियो ।