राजनीति

वाम गठबन्धन जनताबाट अनुमोदिनः अध्यक्ष प्रचण्ड

वाम गठबन्धन जनताबाट अनुमोदिनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जनताले वाम गठबन्धनलाई स्पष्ट रुपमा अनुमोदन गरेको बताएका छन् ।

नेपाल देशभक्त गणतान्त्रिक मोर्चाले आज अध्यक्ष प्रचण्डको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले वाम गठबन्धन जनअनुमोदित भएकाले अब जनताको पक्षमा नै काम गर्ने जिम्मेवारी आएको बताए ।

अध्यक्ष प्रचण्डले भने, “जनताले वाम समीकरण र पार्टी एकतालाई अनुमोदन गरेका छन, अब हामी इमान्दार भएर अगाडि बढ्नुपर्छ ।”

इतिहासले आफू र आफ्नो पार्टी तथा पछिल्लो दिनमा वाम गठबन्धनलाई ठूलो अवसर दिएको चर्चा गर्दै उनले त्यसलाई सम्मान गरेर राष्ट्र निर्माणमा लाग्ने दृढता व्यक्त गरे ।

“एकै व्यक्तिलाई यति धेरै अवसर निकै कमलाई मात्रै प्राप्त हुन्छ, मलाई त्यस्तो अवसर प्राप्त भयो ,” अध्यक्ष प्रचण्डले भने ।

bam gathabandan

विशेष