राजनीति

कांग्रेस पार्टी शुद्धीकरणमा युवा नेता

कांग्रेस पार्टी शुद्धीकरणमा युवा नेता

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी शुुद्धीकरणका लागि बहस सुरु गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभामा कांग्रेस कमजोर देखिएपछि कांग्रेसका प्रभावशाली युवा नेताहरू पार्टी शुद्धीकरण अभियानको बहसमा लागेका हुन् ।

बुधबार काठमाडौंको बानेश्वरमा नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, रामहरि खतिवडालगायतले पार्टीलाई जनताले विश्वास गर्ने तहमा लैजान आवश्यक रहेको भन्दै शुद्धीकरण आवश्यक रहेको बताए ।

नेता गगन थापाले आवश्यक परे पार्टीको कारबाही भोगेर पनि कांग्रेसलाई पुनर्जीवन दिन अभियानबाट पछि नहट्ने र पार्टीप्रति जनताको विश्वास कायम गराएरै छाड्ने बताए । उनले जुनसुकै त्याग वा कारबाही भोग्न आफूहरू तयार रहेको भन्दै पदीय जिम्मेवारीभन्दा पार्टीको पुनर्निर्माण ठूलो भएको बताए ।

आजको राजधानीमा खबर छ ।

विशेष