जब देउवाका मन्त्रीले नै एमालेको पक्षमा मत मागे, पार्टीले गर्यो हटाउन सिफारिस
काठमाडौं । बाम गठबन्धनका पक्षमा मत मागेको भन्दै शेरबहादुर देउवा मन्त्रीमण्डलका एक जना राज्यमन्त्रीलाई पदबाट हटाइने भएको छ । राप्रपा (प्रजातान्त्रिक) का महामन्त्रीसमेत रहेका उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई मन्त्री पदबाट बर्खास्त गर्न लागिएको हो । पार्टी हितविपरीत काम गरको भन्दै राप्रपा (प्रजातान्त्रिक)ले महामन्त्री लामालाई कारबाही गरेको छ भने पार्टीबाट निष्कासनमा परेसँगै लामालाई सरकारबाट समेत हटाउन अध्यक्ष पशुपतिशमशेर जबराले प्रधानमन्त्री देउवालाई पत्रसमेत लेखिसकेका छन् ।
संविधानको धारा २९८ को उपधारा ९(ग) मा भएको व्यवस्थाबमोजिम लामालाई राज्यमन्त्री पदबाट पदमुक्त गरी दिन सिफारिस गरेको अध्यक्ष राणाको पत्रमा उल्लेख छ । स्रोतका अनुसार काभ्रेपलाञ्चोक र झापा जिल्लामा एमालेको पक्षमा भोट मागेका कारण लामालाई निष्कासन गरिएको हो । उनी एमालेमा प्रवेश गर्ने तयारीमा छन् ।