राजनीति

'म समानुपातिकमा पर्छु त?'

'म समानुपातिकमा पर्छु त?'

काठमाडौं । विभिन्न दलका समानुपातिकतर्फका ९ जना उम्मेदवार सोमबार निर्वाचन आयोगमा समानुपातिक एकाइमा पुगे ।

उनीहरु आफू सांसद बन्न पाइन्छ या पाइँदैन भन्ने जिज्ञासा लिएर त्यहाँ पुगेका थिए। एकाइका कर्मचारीसंग उनीहरुले एकएक गरी सोधे, समानुपातिकमा म पर्छु कि पर्दिनँ ?  महिला नै चाहिने हो ररु क्रमसंख्या तलमाथि गर्न पाईन्छ कि पाइँदैनरु समानुपातिकतर्फको मतगणना सकिए पनि दलहरुले पाउने सिट संख्या आयोगले सार्वजनिक गर्न सकेको छैन ।

एकाइका कर्मचारीका अनुसार यसरी सोध्नेमध्ये धेरैजसो पुरुष थिए । आयोगका एक कर्मचारीले भने, समानुपातिक सांसदमा हामी पर्छौ कि पर्दैनौँ ? आफन्त पर्छन् कि पर्दैनन्, भनेर सोध्न आउँछन् । सोमबारमात्रै ९ जना आए । कानुनत: समानुपातिकमा ३३ प्रतिशत महिला पुर्‍याउनुपर्ने बाध्यता छ । त्यस्तै जनसंख्याका आधारमा विभिन्न जातजातिको क्लस्टरअनुसार समानुपातिक प्रतिनिधित्व गराउनुपर्नेछ । पार्टीका चिनिने नेता आउँदैनन्, बीचका र समानुपातिकमा नाम नआउने खालमा नेतामात्र सोध्न आउँछन्, समानुपातिक एकाइका एक कर्मचारीले हास्दै भने ।

samanupatik Election of Nepal

विशेष