राजनीति

राजनीतिक दलको मुलुकलाई विखण्डनमात्र होइन, अस्तित्व नै समाप्त पार्ने योजना : अध्यक्ष बस्नेत

राजनीतिक दलको मुलुकलाई विखण्डनमात्र होइन, अस्तित्व नै समाप्त पार्ने योजना : अध्यक्ष बस्नेत

हिन्दू धर्म र राजसंस्था पुर्नस्थापनाका लागि शिव सेना नेपालले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

विभिन्न राजनीतिक दल दोस्रो चरणको चुनावको तयारिमा रहँदा शिव सेनाले भने राजनीतिक दल र निर्वाचनको विरोधमा गौशाला र गोंगबुबाट जुलुस निकालेका हुन् । राजतन्त्र, सनातन हिन्दू धर्मको रक्षार्थ हिन्दू राज्य र राष्ट्र बचाउने अभियानसहित शिव सेनाले शक्ति प्रदर्शन गरेको हो ।

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्, ‘राजा भए देश हुने र देशको रक्षा हुने कुरामा जनताको अभिमत हुनुपर्छ । राजाविनाको देश हुँदैन, राजनीतिक दलले मुलुकलाई विखण्डनमात्र होइन, अस्तित्व नै समाप्त पार्ने योजना बनाएपछि हामी शक्ति देखाउन बाध्य भयाैँ' उनी भन्छन्, ‘यो निर्वाचन धोकामात्र नभएर जनतामा भ्रम छर्ने षड्यन्त्र भएको हाम्रो ठहर छ । हामी सनातन धर्म र राष्ट्रलाई धरापमा पार्ने निर्वाचनको विरोधमा निरन्तर शक्ति प्रदर्शन गर्छौँ ।’

यसअघि पनि शिव सेनाले पहिलो चरणको चुनावको समयमा हिन्दू धर्म रक्षार्थ घरदैलो गर्दै निर्वाचन धोकापूर्ण रहेको भन्दै शक्ति प्रदर्शन गरेको थियो ।

 

anil basnet shiva sena

विशेष