यी हुन् संसारका सबैभन्दा महंगा विवाह
राजकुमार चाल्स
र लेडी डायना
सन् १९८१ मा बेलायतका राजकुमार चाल्र्स तथा लेडी डायनाबीच भएको विवाहलाई विश्वकै महँगो विवाह मानिन्छ । त्यति बेला उक्त विवाहमा ४ अर्ब ९९ करोड २२ लाख रुपैयाँ खर्च भएको थियो । प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत डायनालाई बेलायती राजपरिवारको जेठो छोरोले भित्र्याएको क्षणलाई २० लाख व्यक्तिले प्रत्यक्ष रूपमा हेरेका थिए भने टेलिभिजन मार्फत् ७५ करोड मानिस त्यसको साक्षी थिए ।
भनिसा मित्तल
र अमित भाटिया
विश्वकै ठूला स्टिल व्यापारीका रूपमा चर्चित लक्ष्मी मित्तलले आफ्नी छोरी भनिसा मित्तलको विवाहमा गरेको खर्चको चर्चा अझै पनि हुन्छ । लक्ष्मीले आफ्नी छोरीको विवाह लन्डनमा जन्मिएर त्यही बैंकिङ क्षेत्रमा कार्यरत अमितसँग पेरिसको पाँचतारे होटलमा पाँच दिन लगाएर गरेका थिए । मित्तल परिवारले सन् २००५ मा ६ सम्पन्न उक्त विवाहमा अर्ब २४ करोड रुपैयाँ खर्च गरेको थियो ।
राजकुमार विलियम
र केट मिडिलटन
बेलायती गद्दीको दोस्रो उत्तराधिकारी राजकुमार विलियम सामान्य युवती केट मिडिलटनबीच सन् २०११ मा भएको विवाह पनि सर्वाधिक महँगो विवाहको सूचीमा छ । ८ करोड ३२ लाखको फूल र त्यस्तै मूल्यको विवाह केक काटेर सम्पन्न गरिएको यो विवाहमा ३ अर्ब ५३ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो ।
वाहे रुनी र कोलिन म्याकलोग्लिन
इंग्ल्याण्डका फुटबलर वाहे रुनीले १६ वर्षको उमेरदेखि प्रेम गरेकी युवती कोलिनसँग सन् २००८ मा विवाह गर्दा ८३ करोड २० लाख रुपैयाँ खर्च गरेका थिए । खेलाडीहरूको विवाहमध्ये सर्वाधिक महँगो मानिने यो विवाह १७ औं शताब्दीमा निर्माण भएको एउटा घरमा भएको थियो जहाँ पाहुनाहरूलाई विमान चार्टर गरेर लगिएको थियो । विवाहमा रुनीले पाहुनाहरूलाई पानी जहाजमा सयर गराउँदै पाँचतारे होटलमा राखेर मेजबानी गराएका थिए ।
चेल्सिया क्लिन्टन
र मार्क मेजभिनस्की
अमेरिकाका पूर्वराष्ट्रपति विल क्लिन्टन तथा हिलारी क्लिन्टनकी एक मात्र छोरी चेल्सिया क्लिन्टनको विवाह पनि विश्वको महँगो विवाहमध्ये एक मानिन्छ । चेल्सियाको बाल्यकालदेखिकै साथी एवं बैंकका लगानीकर्ता मार्कसँग सन् २०१० मा भएको उक्त विवाहमा ५२ करोड रुपैयाँ खर्च भएको बताइन्छ । उक्त विवाह समारोहमा प्रयोग भएको एयरकन्डिसन टेन्ट तथा केकको मूल्य क्रमशस् ६ करोड २४ लाख रुपैयाँ तथा ११ लाख ४४ हजार रुपैयाँ थियो ।