राजनीति भिडियो

आरजुलाई हराउने रानाको बयान– चुनाव अघि घर किन्ने, चुनावपछि बैना फिर्ता माग्ने ? (भिडियो सहित)

आरजुलाई हराउने रानाको बयान– चुनाव अघि घर किन्ने, चुनावपछि बैना फिर्ता माग्ने ? (भिडियो सहित)

कैलाली क्षेत्र नं. ५ कांग्रेसको पकड क्षेत्र मानिन्थ्यो । यही क्षेत्रबाट प्रधानमन्त्री एवम नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले पटक पटक निर्वाचन जितिसकेका थिए । यसपटक यही क्षेत्रमा कांग्रेसले डा आरजु देउवा राणालाई टिकट दियो ।

आरजुका प्रतिष्प्रर्धी थिए राष्ट्रिय राजनीतिमा नचिनिएका नारदमुनि राना । अन्तराष्ट्रिय पहुँच र प्रभावसमेत भएकी राणालाई तिनै रानाले हराइदिए । स्थानीय स्तरमा रहेको आफ्नो लोकप्रियता नै जितको पहिलो आधार रहेको रानाको बुझाइ छ ।

आरजुलाई पयर्टक उम्मेदवारको बात लाग्यो । टुरिष्ट उम्मेदवारको आलोचना मत्थर गर्न उनले धनगढी उपमहानगरपालीका भित्रै घर किन्निन् । एमालेले आरजुमाथि त्यही घरमार्फत प्रहार ग¥यो–स्थानीयता पैसाले किनेर पाइन्छ ? आरजुलाई सो घर अहिले निल्नु न ओकल्नु भएको रानाको भनाइ छ । नेपाल आजसँगको कुराकानीका क्रममा रानाले भने ‘जनता अब जागरुक भैसके । कसैले घर किन्दैमा त्यहाँको स्थानीय नेता भइँदैन ।’ उनले भने, ‘जनताले कुनै बिलासि घर किन्ने बिलाशी होटलमा बस्ने नेतालाई पत्याएनन् । जनता झुक्किएनन् । र अहिले स्पस्ट भइसकेको छ त्यो घर किनेको नाटक मात्र थियो । अहिले आरजुले घरधनी हमालसँग बैना फिर्ता मागेकि छिन् ।’

प्रधानमन्त्री पत्नीसमेत रहेकी राणालाई पराजित गराएपछि राना धेरैको चाँसोमा परेका छन् । स्थानीय स्तरमा भने उनी सामाजिक कामका कारण लोकप्रिय थिए । उनको लोकप्रियता खानेपानीका कारण चुलिएको थियो । उनले धनगढी उपमहानगरपालिकाको शिबनगरमा खानेपानीको ठूलो परियोजना सम्पन्न गरेका थिए । नीजि घरजग्गा सिदार्थ बैंकमा बन्दगी राखेर उनले सार्बजनिक खानेपानीका लागि ९० लाख धितो निकालेका थिए । सोही धितोका कारण खानेपानी सम्पन्न भयो । र, अहिले त्यहाँका जनता स्वच्छ पानी खानपाइरहेका छन् । यो गर्नेबेला उनी न त एमालेका उम्मेद्वारनै थिए, नत कुनै सांसद वा सरकारी निकायका मुख्य मान्छे । यो उनको आफ्नै टोल पनि थिएन । तैपनि उनले सबैलाई बिश्वास गरेर आफ्नो घर जमानी राखेर परियोजना संचालन गरे । यो र यस्तै कामका कारण काँग्रेसको पकड क्षेत्रमा रानाले बाजी मारे ।

भारतसँगको सीमावर्ती क्षेत्रबाट निर्वाचित रानाका लागि अवसर र चुनौतिको चाङ आइलागेको छ । हेविवेटलाई जितेर उनले अवसरको ढोका खोलेका छन् । तर, जनअपेक्षा उनका लागि सँगै चुनौति बनेको छ । भारतसँगको परनिर्भरता कम गर्न स्थानीय स्तरमा स्वाश्थ्य सेवा र बजार प्रबद्र्धन गर्न जोड दिने उनको भनाइ छ । चिनी कारखाना संचालनमा ल्याउनेदेखि कृषि मैत्री बाताबरण बनाउने उनको प्रतिबद्धता छ ।

रातो पासपोर्ट दुरुपयोग गरेको आरोप खेपेका रानालाई अदालतले सफाइ दिएको थियो । सो बारेमा प्रष्टिकरण दिँदै रानाले भने–निर्दोषलाई अनाबश्यक दिने पद्धतिका विरुद्ध म सधैँ लाग्ने छु, जनताकै बीचमा रहनेछु ।

विशेष