प्रधानमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकको सुरुमै एकल संक्रमणीय निर्वाचन प्रणालीमा विवाद उठेपछि निष्कर्षविहीन बनेको हो ।
राष्ट्रपतिसम्म पुगेर निकासविहीन बनिरहेको राष्ट्रिय सभा निर्वाचन अध्यादेश लगायत आगामी राजनीतिक यात्रामा सहमति जुटाउन प्रधानमन्त्री देउवाले शुक्रबार सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा एमाले बाहेक बाँकी चार एकल संक्रमणमा सहमति जनाएका थिए । एमालेले बहुमतिय निर्वाचन प्रणालीमा जानुपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन टुंगिएको हो ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताहरुको सहभागिता थियो ।