राजनीति मुख्य समाचार

सिंचाईमन्त्री गौतमले भने, ‘अब कांग्रेस सरकारमा बसिरहनु हुँदैन’

सिंचाईमन्त्री गौतमले भने, ‘अब कांग्रेस सरकारमा बसिरहनु हुँदैन’

काठमाडौँ । सिंचाईमन्त्री सञ्जय गौतमले कांग्रेसले तत्काल सरकार छोडेर प्रतिपक्षमा बस्नु पर्नेमा जोड दिएका छन् । शुक्रबार रिपोर्टस क्लवले राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री गौतमले भने ‘अहिलेको जनादेशले हामीलाई प्रतिपक्षमा बस्न भनेको छ, हामीले अब त्यही अनुसारको तयारी गर्नुपर्छ ।’

कांग्रेस उपयुक्त समयको प्रतिक्षामा रहेको जिकिर गर्दै उनले भने, उपर्युक्त वातावरण बनाएर सरकार छाड्छौं, कांग्रेसको तयारी अब सशक्त प्रतिपक्षमा बस्नको लागि हुन्छ, हामी जनमतको सम्मान गर्छौं ।’ 

साथै उनले राष्ट्रपतिसमक्ष रहेको राष्ट्रियसभासम्बन्धी अध्यादेश सरकारले विधिसम्मत्, प्रक्रियागत र संवैधानिक रुपमै प्रस्तुत गरेकाले अध्यादेशलाई अनावाश्यक किसिमले लम्ब्याउने काम नगर्न आग्रह गरे । उनले भने, ’राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी गर्न ढिलाइ गर्दा संविधान नै डिरेल गर्न लागिएको भन्ने शंका उत्पन्न भएको छ ।’ समानुपातिक–समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै एकल संक्रमणीय व्यवस्थाअनुसार अध्यादेश ल्याइएको उनले जनाए ।

राष्ट्रियसभा निर्वाचनपछि मात्रै संघीय संसद्ले पूर्णता पाउने भन्दै यसलाई तत्काल स्वीकृत गराउनुको विकल्प नभएको उनको भनाइ छ । राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न पाउने भएकोले उनको भूमिकामा टीकाटिप्पणी गर्नु अमर्या्दित हुने जिकिरसमेत उनले गरे । तर उनी प्रधानमन्त्री शेरबहादुर देउवाले कहिले राजीनामा दिने भन्नेबारे भने प्रस्ट बोलेनन् ।

विशेष