राजनीति

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएकाे छः अध्यक्ष दाहाल

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएकाे छः अध्यक्ष दाहाल

चितवन / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति भएको बताएका छन् । प्रेस सेन्टर चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता दाहाले उक्त कुराको जानकारी दिएका हुन् ।

उनले भने, ‘सरकारको नेतृत्व आलोपालो अपनाउने सिद्धान्ततः भएकै हो ।’ पार्टी एकता संयोजन समितिको बैठक बसेपछि यसको अन्तिम टुंगो लगाउने उनले बताए ।

राष्ट्रियसभा गठन सम्बन्धमा विगतमा संविधानमै प्रष्ट रुपमा निर्वाचन एकल संक्रमणीय विधिबाट हुने उल्लेख भए पनि यस पटक संविधानमा त्यस्तो कुनै स्पष्ट उल्लेख नभएको जिकिर गर्दै राष्ट्रियसभा समानुपातिक गर्ने प्रचलन अन्तर्रा्ष्ट्रिय रुपमा विद्यमान रहेको उनले बताए । यसबारे वाम गठबन्धनभित्र के हुन सक्छ भनेर छलफल गरिने उनले जानकारी दिए ।

सामान्यतया प्रतिनिधिसभा र राष्ट्रियसभा अलग अलग विषय भएपनि सरकार गठन गर्नका लागि यसले कुनै असर नगर्ने धारण राखे । उनले भने, ‘प्रतिनिधिसभाको निर्वाचन परिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाइसकेपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्छ ।’

एक फरक प्रसंगमा उनले राष्ट्रियसभामा २२ जना महिला (३७.५प्रतिशत) आउने सुनिश्चित रहेको र प्रतिनिधिसभामा सबै पार्टीले आआफ्नातर्फबाट ३३ प्रतिशत पु¥याइदिने भएकाले सरकार गठन गर्न कुनै बाधा नहुने स्पष्ट पारे ।

विशेष