विचित्र विश्व

साउदी राजकुमार संसारकै सबैभन्दा महंगो महलको मालिक, यस्तो छ महल

साउदी राजकुमार संसारकै सबैभन्दा महंगो महलको मालिक, यस्तो छ महल

काठमाडौं । संसारकै सबैभन्दा महंगो मानिएको फ्रान्सको महल साउदीका राजकुमार मोहम्मद बिन सलमानले किनेको खुलेको छ ।

२ वर्षअघि फ्रान्समा रहेको ‘चतेऔ लुइस एक्सआइभी’ महल ३०० मिलियन अमेरिकी डलर ९ करिव ३१ खर्ब रुपैयाँ० मा बेचिएको थियो । त्यस समयमा उक्त महल खरिद गर्ने व्यक्तिको नाम गोप्य राखिएको थियो ।

फर्चून म्यगजिनले उक्त महल संसारमा सबैभन्दा महंगो रकममा बेचिएको उल्लेख गरेको थियो । तर, हाल आएर ‘न्यू योर्क टाइम्स’ले उक्त महल साउदीका राजकुमार मोहम्मद बिन सलमानले किनेको उल्लेख गरेको छ ।

‘न्यू योर्क टाइम्स’का अनुसार राजकुमार सलमानले यसअघि ५० करोड अमेरिकी डलरमा एक आलिसान जहाज र ४५ करोड अमेरिकी डलरमा लियोनार्दो दा भिन्चिको महंगो पेन्टिङसमेत किनेका थिए ।

५७ एकड जमिनमा फैलिएको उक्त महलमा लगाइएको रङ, झरना, मार्बल, मुर्तिमा सुनको जलप लगाइएको छ । १७ औं शताब्दिको शैलिमा सन् २००८ देखि २०११को बीचमा चतेऔ लुइजले बनाएको उक्त महलमा रहेको आधुनिक ‘फाउन्टेन्स् साउन्ड सिस्टम्’, बत्ति, ‘एअर कन्डिसन्स्’लाई आइफोनबाट नियन्त्रण गर्न सकिन्छ । त्यस्तै, यस महलमा पानीमुनि रहेको पारदर्शी ‘च्याम्बर’माथि बनाइएको आधुनिक ‘स्विमिङ’ पुल, लुइज एक्सआइभिको मुर्ति जमिनमा राखिएको मार्बलमा बनाइएको घडी थप विशेषता रहेका छन् ।

अमेरिकी गुप्तचर संस्था सिआइएका विश्लेषक तथा लेखक ब्रूस ओ राइडलले राजकुमार सलमानले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छबि सुधार्ने कोशिस गरिरहेका बताएका छन् । उनले भने, ‘धेरै हदसम्म सलमान अन्य साउदी शासकभन्दा फरक छन् । उनी भ्रष्ट नभइ एक सामाजिक सुधारक रुपमा देखिएका छन् । तर, उनको यो व्यवहारले फरक पार्न सक्छ ।’

‘न्यू योर्क टाइम्स’ले उक्त महलका विक्रिकर्ता फ्रान्सका चतेऔ लुइससँगको एक अन्र्तर्वाता तथा विभिन्न कागजपत्रको अध्ययनपश्चात उक्त आलिशान महल राजकुमार सलमानले नै किनेको उल्लेख गरेको हो । फ्रान्स तथा लग्जेम्बर्गका केहि खरिदकर्ता कम्पनिहरुको सहयोगले राजकुमार सलमानले उक्त महल किनेका थिए । ती खरिदकर्ता कम्पनिहरुको मुख्य मालिक सलमानको नीजि फाउन्डेशनको व्यवस्थापनमा सन्चालित साउदीस्थित ‘एठ इन्भेष्टमेन्ट कम्पनि’ रहेको उल्लेख छ ।

विशेष