विचित्र विश्व

यस्ता छन् २०१७ का नयाँ रेकर्ड, सबैभन्दा लामो खुट्टा भएकी महिला देखि २६ वर्षे बुढी मोडल सम्म

यस्ता छन् २०१७ का नयाँ रेकर्ड, सबैभन्दा लामो खुट्टा भएकी महिला देखि २६ वर्षे बुढी मोडल सम्म


एजेन्सी । २०१७ सालले यस वर्ष दुनियाँसामु निकै अनौठा र सोच्न बाध्य पार्ने चर्चित कुराहरू देखाउँदै विदा हुने तरखरमा छ ।

यस वर्ष शारीरिक बनावटसँग सम्बन्धित अचम्मका तथ्यहरू बाहिर आएका छन् । कोही संसारकै सबैभन्दा अग्ली महिला देखिइन् भने कोही जवानीमै बूढी देखिने महिला ।

यसै वर्ष रुसकी एक सुपरमोडल एकाटेरिना लिसिना सामाजिक संजालमा भाइरल भएकी थिइन् । उनले मोडल दुनियाँमा सबैभन्दा लामो खुट्टाको वर्ल्ड रेकर्ड गिनिज बुकमा लेखाएकी थिइन् । २९ वर्षीय उक्त मोडलको फोटो देखेर तपाइँ दंग पर्नुहुन्छ ।

एकाटेरिनाको दुवै गोडाहरूको लम्बार्इ बराबर छैन । उनको बायाँ खुट्टाको लम्बार्इ ५२.२८ इंच छ भने दायाँ खुट्टाको लम्बार्इ ५२.०४ इंच रहेको छ । विद्यालयमा छँदा उनको लम्बार्इलार्इ लिएर सबैले जिस्काउने गरेतापनि हाल विश्वमा उनको व्यापक चर्चा छ ।

त्यसैगरी, अमेरिका निवासी २० वर्षीय जिलियन विलियम्स पनि अनौठामध्येको एक हुन् । हेर्दा आफ्नो गोडा मोडेर राखेको जस्तो देखिने जिलियनको बोन क्यान्सरको कारण खुट्टाको केही भाग काट्नु परेको थियो । उनले डाक्टरलार्इ उपचारको क्रममा खुट्टा उल्टो जोडिदिन आग्रह गरेकी थिइन् । पैतालालार्इ घुँडाको रुपमा प्रयोग गर्दा टेक्न सहज हुने महसूस गरी उनले त्यस्तो गरेको बुझिएको छ ।

त्यस्तै, ४७ वर्षीय अलेग्रा कोलले सर्जरीमार्फत् आफ्नो छाती ५४ इंचको बनाएकी छिन् । त्यसैगरी भारतको हैदरावादमा सबैभन्दा होचा परिवार फेला परेको छ । एक वंशानुगत बिरामीको कारण परिवारका ११ सदस्यको उचार्इ ३ फिटभन्दा कम छ ।

मियामी निवासी कोर्टनी बर्नेजको हिप ५९ इंचको छ । उनले अनलाइनमार्फत् पैसा कमाउन त्यसो गरेको बताइएको छ । मिनेसोटाकी एक मोडल सारा गुर्ट्ज वास्तवमा २६ वर्षकी जवान महिला हुन् । तर यति कलिलै उमेरमा उनी बूढी देखिन्छिन् । गम्भीर शारीरिक समस्याको कारण उनमा यस्तो परिवर्तन आएको हो ।

युरोपकी ग्ल्यामर मोडल मार्टिना बिगले आफ्ना फ्यानहरूलार्इ भिन्न खाले लुक्स दिनको लागि घामले डढाएकी छिन् । उनी अहिले काली देखिन्छिन् ।
त्यस्तै, मेक्सिकोका रोबर्टो एस्कुइवेल काब्रेरा विश्वकै सबैभन्दा लामो गुप्तांगको कारण चर्चित् छन् । उनको लिंग बढेर १९ इंच लामो भएको छ । तर सोही शारीरिक विकृतिको कारण उनलार्इ विकलाङ्ग घोषित गरिएको छ ।

३ फिट उचार्इ भएकी ड्रु प्रिस्टा उनको सेक्सी बडी र मोडलिङ करियरमा उनको पुड्कोपनले कुनै फरक नपार्ने बताएपछि चर्चामा आएकी थिइन् । ३१ वर्षीय लिंड्से हिल्टन दुवै हात नभएको जन्मिएता पनि भारत्तोलन र रग्बी जस्ता खेलमा आफ्नो करियर शुरु गरेर संसारलार्इ चकित पारेकी छिन् ।
अष्ट्रेलियाकी डेव रोक एक हात मात्र लिएर जन्मिएकी थिइन्, तर उनी अहिले ख्याति प्राप्त पोल डान्सर हुन् ।

पिक्सी फक्स र राड्रिगो आल्भिस सर्जरीमार्फत् कार्टुन जस्ता देखिन्छन् । त्यस्तै भारतको पंजावमा एउटा अचम्मको बच्चा जन्मिएको छ । ८ महिनामै उक्त बच्चा १८ केजीको थियो ।

विशेष