राजनीति

एमाले स्थायी कमिटी बैठक आज, पार्टी एकताको बारेमा छलफल हुने

एमाले स्थायी कमिटी बैठक आज, पार्टी एकताको बारेमा छलफल हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । नेकपा एमालेका नेता वामदेव गौतमको निवास भैँसेपाटीमा स्थायी कमिटी बैठक दिउंसो १ बजे बस्न लागेको हो ।

गौतम एमालेका प्रभावशाली नेतामध्ये एक्लो पराजित नेता हुन् । उनी वर्दिया १ बाट कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका हुन् । एमालेले नै अन्तर्घात गरेर गौतमलाई पराजित गरेको भन्दै आन्तरिक छानविन कमिटी बनाइएको छ ।

त्यसबारेमा पनि आज छलफल हुने बताइएको छ । बैठकमा पार्टी एकता, नयाँ सरकार गठन, निर्वाचनको समीक्षा, विवादित अवस्थामा रहेको अध्यादेश लगायतका विषयमा छलफल हुने भएको छ ।

विशेष