विचित्र विश्व

यस्तो शौखिन घोडा जो एसीमा मात्र बस्छ

यस्तो शौखिन घोडा जो एसीमा मात्र  बस्छ


महाराष्ट्र। भारतको महाराष्ट्रमा आयोजना गरिएको घोडा मेलामा सहभागी एक पाँच वर्षीय पद्मा नामक घोडीले सबैको मन जित्न सफल भएको छ ।

विभिन्न अवसरमा अनगिन्ती पुरस्कार जितिसकेको उक्त घोडीको मालिक इंदौरका बालकृष्ण चंदेलले उक्त घोडीलार्इ ४ वर्ष अगाडि आग्राको एक किसानसँग ६ लाख भारु मा किनेका थिए । पद्मालार्इ महाराणा प्रतापको घोडा चेतकको वंशज मानिएको छ ।

बालकृष्णले बताए अनुसार पद्मालार्इ दिनहुँ १० लिटर दुध, मिनरल वाटर, २ केजी चना, ५ किलो गहुँ, आधा किलो काजु र बदाम लगायत हरियो घाँस आवश्यकतानुसार खुवाउने गरेको बताउँछन् । हरेक दिन उक्त घोडालार्इ स्याम्पुले नुहाउने र गर्मीमा एसी राखेको कोठामा सुताउनु पर्ने पनि बताउँछन् ।

मेलामा लगभग ६ फिट उचाइ र ८५० केजी वजन भएको पद्मालार्इ मान्छेहरूले ७२ लाख सम्ममा खरिद गर्न तयार रहेका थिए, तर बालकृष्णले डेढ करोड नपार्इ बेच्न चाहेनन् । उनले उक्त घोडीको मूल्य २ करोड सम्म लागिसकेको तर उनी अहिले १० करोडमा पनि बेच्न नचाहेको बताए ।

विशेष