एमालेले एक्लैले भोट ल्याएको होइन, दम्भ नगरेकै बेस (भिडियो सहित)
युवावयका हरिराम रिमाल राजनीतिको विविध पाटा मिहिनरुपमा केलाउने गर्दछन् । बाबुराम भट्टराईलाई नयाँशक्ति पार्टी बनाउन सक्रि साथ दिएका रिमालले पछिल्लो समय भट्टराईसँग राजनीतिक सम्बन्ध विच्छेद गरेका छन् । राजनीतिक उतारचढावलाई नजिकबाट नियाँलेका रिमालसँग पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा गरिएको विश्लेषणात्मक कुराकानीको अंश यहाँ प्रस्तुत छ ।
चूनावी परिणाम बारे
चुनाबको परिणाम अनपेक्षित होइन । एमाले र नेपाली कांग्रेस मुख्य प्रतिष्प्रर्धी हुँदै हुन् । त्यसमाथि माओवादी मिसिएपछि एमालेले धेरै सिट ल्याउनु ठूलो कुरा भएन । यसमा राजनीतिक मुद्धाको भन्दापनि अंकगणितकै महत्वपुर्ण भुमिका छ । मलाई के लाग्छ भने लोकमान सिंह कार्की वा नाकाबन्दीको कुरा सहायक वा नगन्य हुन् । दोस्रो र तेस्रो दल मिलेपछि पहिलो दल पछि पर्नु कुनै अनौठो होइन ।
माओबादीको भोट कम हुनुको कारण
नेकपा माओबादीले जम्मा ४० प्रतिसत सिट पाएको हो । ६० प्रतिसत क्षेत्र एमालेले पाए । अर्कोतिर बामगठबन्धनलाई भोट हाल्ने भन्ने बित्तीकै सुर्य चिन्हमा भोट हाल्ने भन्ने गलत बुझाई बुझेकाले पनि माओबादीमा भोट कम पर्यो । अर्कोतिर बिप्लब माओबादीको प्रभाबमा परेकाहरु जो जनयुद्धप्रति चिन्तित छन् ति समुदायले माओबादीलाई भोट हालेनन् ।
अब नेपाली कांग्रेशको रोल कस्तो हुन्छ ?
नेपाली कांग्रेस २०४६ सालपछि लगभग निरन्तर सरकारमा छ । अब यस पराजयबाट उसको संरचनाहरु भत्कींदै जान्छ । नेपाली कांग्रेसको मुख्य जनाधारलाई संस्थागत गरेर मुख्य प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्छ । जुन संसदीय ब्यवस्थाको उसले निरन्तर अडान लियो त्यही ब्यवस्थाले उसलाई पछार्यो । तर अब कांगे्रसले आफूलाई पूर्णरुपमा परिमार्जन नगरेसम्म यहि सांगठनिक अवस्थामा रहिरह्यो भने सबल प्रतिपक्ष बन्न पनि नसक्ने देखिन्छ ।
नेपाली काँग्रेसको नेतृत्वमा गगन थापाको उदयबारेगगन थापा साना साना कुरामा अल्झिरहन्छन् । त्यसमापनि मुख्य मुख्य कुराहरुमा उनले प्रष्ट हुनु पर्यो जस्तो शुशिला कार्कीको मामलामा उनी स्पष्ट भएनन् । हामीले थाहा पाएनौँ त्यसमा उनको बिचार के थियो भनेर । तैपनि नेपाली काग्रेसको सांगठनिक ढाँचा यति धेरै जड खालको छ त्यहाँ परिमार्जन गर्न धेरै अप्ठेरो छ । पुराना पुस्ताका नेताहरुकै हालिमुहाली छ । यस कारण गगन थापाको उदय हुन अत्यन्त कठीन देख्छु म । तरपनि यदी यहि समयमा उनले आफ्नो क्ष्मता प्रयोग गर्न सकेभने नेपाली कांग्रेसमापनि युवाको नेतृत्व देख्न सकिन्छ भन्नेमा म बिस्वस्त छु र मौकापनि यहि हो ।
आखीरीमा नेपाली कांग्रेसको इतिहांस पनि यूवाहरुमा केन्द्रीत छ । बिपि कोईरालाहरुले युवा अवस्थामै नेपाली कांग्रेसको निर्माण गरेका थिए ।
एमाले र माओबादी पार्टी एकिकरणका कुरा
एमाले र माओबादी बीच एकिकरण त अवस्य नै हुन्छ त्यसका संकेतहरु आईसकेका छन् । हुनत एमालेले आफ्ना मुद्धाहरुकै कारण बहुमत आएको भन्ने अवस्था छ तर ति मुद्धाहरु हिजो मात्रै बनेका थिएनन् । त्यसमा माओबादीका मुद्धाहरुपनि समेटीएका छन् । माओबादीलाई सँगै लिएर नगए एमाले फेरी माओबादीकै स्थानमा पुग्छ । जनताले बामगठबन्धन जिताउनु पर्ने कारण नै स्थीर सरकार र समृद्धीका लागि हो ।
त्यसकारण एमालेले जनताले दिएको आदेशलाई सम्मान गर्दै माओबादीलाई सम्मानजनक स्थान दिनु पर्छ ।
बामगठबन्धनको पक्षमा गएको मत नत मओबादीको हो नत एमालेको हो । नौ नौ महिनामा सरकार परिवर्तन गर्ने लाजमर्दो स्थितिको अन्त्यका लागि हो । एमालेले दम्भ देखाउन मिल्दैन ।
कुरा: युवाको हरिराम रिमाल