राजनीति

तीन टुक्रा भएको राप्रपाका युवाहरु विद्रोहको तयारीमा

तीन टुक्रा भएको राप्रपाका युवाहरु विद्रोहको तयारीमा

काठमाडौं । दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा नराम्रोसँग पराजित भएपछि तीनवटै राष्ट्रिय प्रजातन्त्र पार्टीका युवाहरु अब कसरी अगाडि बढ्ने भनेर छलफलमा जुटेका छन् ।

पद र सत्ताको लोभमा तीन टुक्रा भएका कारण तीनवटै राप्रपा राष्ट्रिय पार्टी बन्न सकेनन् । कमल थापा नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेका र जित्ने अपेक्षा गरिएका कमल थापा, पशुपतिशमशेर राणा, प्रेमबहादुर भण्डारीहरु पनि पराजित हुन पुगे ।     

पार्टीको हारबाट निराश भएका तीनवटै राप्रपाका अधिकांश केन्द्रीय सदस्य, भातृसंगठनका पदाधिकारी लगयतको बैठक २०७४ पुस ८ गते लाजिम्पाटमा भएको छ । उक्त बैठकले २०७४ माघ १६ गते शहीद दिवसका दिन बृहत भेला गर्ने निर्णय गरेको छ । उक्त भेलामा तीनवटै राप्रपामा आवद्ध ७५ जिल्लाबाट प्रतिनिधित्व गराएर ठोस निष्कर्ष निकाल्ने निर्णय गरेको छ ।     

कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रीक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपासमेतका तीन पार्टीका युवाहरुको बैठकबाट भेला बोलाउने निर्णय गरेको छ । आजको साँघु साप्ताहिकमा समाचार छ ।

विशेष