विचित्र विश्व

यी युवालाई ह्याण्डसम हुनु अभिसाप बन्यो, देश निकाला भए

यी युवालाई ह्याण्डसम हुनु अभिसाप बन्यो, देश निकाला भए


एजेन्सी । ह्याण्डसम हुनु अपराध हो ? यस्तो होइन भने दुवईमा बस्दै आइरहेका एक युवकले सजाय किन पाए रु के तपाईलाई थाहा छ ह्याण्डसम भएकै कारण यी युवकले देश छाड्नु पर्यो ?

दुबईका बेस्ट मोडल, एक्टर, फेशन फोटोग्राफर र लेखक उमर बोरकान अल गालालाई उनको स्मार्टनेसका कारण देश छोड्नु पर्ने सजाय मिलेको छ । वन इण्डिडाका अनुसार उमर विश्वको टप मोडलको सुचीमा उनी छैठौ नम्बरमा रहेका छन् ।

तर, उनको यो उपलब्धि उनलाई अभिशाप बन्यो । २९ वर्षिय यी मोडलका फिमल फलोअर्स धेरै रहेका छन् । दुवईको लोकल मिडियाले दिएको जानकारी अनुसार दुवईका उमर धेरै ह्याण्डसम युवा हुन् यसै कारण उनलाई देश निकाला गरिएको हो ।

हाललाई नयाँ स्थानको खोजीमा रहेका उमरले क्यानाडा बस्ने निर्णय लिएका छन् र उनको स्मार्टनेशलाई लिएर फ्यानहरुले सामाजिक सञ्जालमा भारी संख्यामा फलोअर्स गरेका छन् । फेसबुकमा उनको डेढ करोड फलोअर्स रहेका छन् । टिवइटरमा ८० हजार र इंस्टाग्राममा ८५ हजार फलोअर्स रहेका छन् ।

विशेष