राजनीति

'दुई साताभित्र नयाँ सरकार बन्छ'

'दुई साताभित्र नयाँ सरकार बन्छ'

काठमाडौ‌ । नेकपा (एमाले)का नेता शेरधन राईले दुई साताभित्र नयाँ सरकार बन्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले साेमबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा नेता राईले सहमतिमा अध्यादेशको विवाद टुङ्गो लागेर निर्वाचनको सम्पूर्ण नतिजा आएपछि दुई साताभित्र नयाँ सरकार बन्ने बताएका हुन् ।

“राष्ट्रपतिलाई विवादमा ल्याउने काम वर्तमान सरकारले गरेको छ, राजनीतिक सहमतिमा अध्यादेश टुङ्गो लगाउनुपर्छ”, उनले भने । राष्ट्रियसभा गठन अध्यादेशबारे पार्टीभित्र भएको सहमति काँग्रेसले तोडेको उनकाे भनाइ थियाे ।

नेता राईले मुलुकलाई स्थिर, सुशासन र शान्तिको बाटोमा लैजान जनताले वाम गठबन्धनलाई बहुमत दिएको भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने स्पष्ट पारे।

पूर्वमन्त्री राईले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताबारे छलफल अगाडि बढिसकेको भन्दै पार्टी नेतृत्व कसले गर्ने भन्नेबारे समझदारीमा निर्धारण हुने स्पष्ट पारे। प्रदेश नं १ को मुख्यमन्त्रीका रुपमा समेत हेरिएका नेता राईले उक्त प्रदेशमा भएका प्राकृतिक सम्पदाको प्रयोग गरेर नमूना प्रदेश बनाउने बताए। “प्रदेश नं १ को विकासका लागि मैले गुरुयोजनासमेत बनाइसकेको छु”, उनले भने । 

विशेष