विकासका लागि त्रिदेशीय साझेदारीः अध्यक्ष प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासका लागि नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारी बढाउने अबको सरकारको प्राथमिकता हुनुपर्ने बताएका छन् ।
पर्साको ठोरी गाउँपालिकाले आज गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले ठोरी नाकालाई नेपाल, भारत र चीनबीचको नाकाका रुपमा विकास गरिने बताए । अध्यक्ष दाहालले त्रिदेशीय साझेदारीका लागि ठोरी मार्ग निकै महत्वपूर्ण रहेकाले यसलाई निकै छोटो र उत्कृष्ट मार्गका रुपमा विकास गरिने बताए ।
अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्र बीचको एकताका विषयमा शंका नगर्न आग्रह गरे । राष्ट्रियसभाको गठन सबैको सहकार्य र सहमतिमै हुने पनि उहाँले बताए । आजै बाँदरझुलामा आयोजित अर्को कार्यक्रममा उनले अब बन्ने सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट नै सुकुम्वासी समस्या समाधानका लागि ठोस निर्णय गर्ने बताए ।