राजनीति

कहाँ पुग्यो एमाले-माओवादी एकता ?

कहाँ पुग्यो एमाले-माओवादी एकता ?

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै पार्टी एकीकरण गर्नेगरी छ बुँदे सहमतिमार्फत चुनावमा होमिएका दुई कम्युनिस्ट नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणमा ढिलाइ भएपछि राजनीतिक वृत्तमा अनेक टीकाटिप्पणी सुरु भएको छ ।

एमाले र माओवादीबीच असोज १७ गते भएको सहमतिको पहिलो बुँदामा पार्टी एकीकरणको गृहकार्यका लागि एमालेबाट चार जना र माओवादी केन्द्रतर्फबाट तीन जना पदाधिकारी रहनेगरी पार्टी एकता संयोजन समिति समेत गठन गरिएको थियो । समितिको संयोजन दुवै दलका अध्यक्षले गर्ने सहमति छ ।

निर्वाचनलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु हुने दुवै दलका नेताले बताउने गरे पनि निर्वाचन सम्पन्न भएको दुई साता बढी समय भइसक्दासमेत संयोजन समितिको औपचारिक बैठक समेत बस्न सकेको छैन । बैठक बस्न नसकेपछि पार्टी एकताप्रक्रिया नै धरापमा पर्ने आशङ्का कतिपय नेता तथा कार्यकर्ता पङ्क्तिमै देखिएको छ ।

तर एमाले स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले दुई दलका नेताबीच औपचारिक बैठक बस्न नसके पनि आन्तरिक रूपमा अनौपचारिक छलफल र संवाद जारी रहेको दाबी गर्नुभयो । आजको गोरखापत्रमा खबर छ ।

विशेष