राजनीति

यसकारण पो हारेका रहेछन् वामदेव गौतम

यसकारण पो हारेका रहेछन् वामदेव गौतम

काठमाडौ । निर्वाचनमा बर्दियाका एमाले नेता, कार्यकर्तालाई परिचालन गर्नुको सट्टा बद्नाम पूर्वमन्त्री हरि पराजुली, बलराम बास्कोटा, कैलालीबाट शारदा सुवेदी, बाँकेबाट दलबाहादुर सुुवारलाई जम्मा पारेर यिनीहरुकै कमाण्ड बनाएर निर्वाचन प्रचार अभियान थालेकै कारण पराजित हुन पुगेपछि एमालेमा वामदेका पराजल समस्या निम्त्याएको छ ।

एमाले उपाध्यक्ष गौतमले बर्दिया १ का आफ्ना स्थानिय नेता तथा कार्यकर्तालाई वेवास्था गर्दै माथि उल्लेखित चार भाइलाई मात्र अघि पछि लगाएर मञ्चको दाँयाबाँया लगाएका कारणले ७ स ५३ मतले पराजित हुन पुगे । बर्दिया–१ मा कुनै प्रभाव नभएका र स्थानीय कार्यकर्ता र नेताहरुले नचिनेका सुवेदी, सुनुवार, बास्कोटा र पराजुलीले वामदेव गौतमलाई निर्वाचन अवधिभर घेराबन्दीमा पारेका कारण निरीह भई असन्तुष्ट बनेका स्थानीय एमाले कार्यकर्ताको निक्रियताले पनि वामदेवले पराजित भोग्न बाध्य भए । –साँघु साप्ताहिकबाट

 

विशेष