राजनीति

'ओली होइन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो'

'ओली होइन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो'

काठमाडाै‌ । राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवम् प्रदेश सभाका लागि नवनिर्वाचित उम्मेदवार मनिष सुमनले मुलुकको हित र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि एमाले–माओवादी केन्द्रबीचको वाम गठबन्धन तत्काल टुट्नुपर्ने बताएका छन्। राजधानीमा मंगलबार आयोजित एक साक्षात्कार कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

वाम गठबन्धन बनाउने घोषणा गरेकै दिन मुलुकमा कम्युनिष्ट शासन ल्याउने लक्ष्य सार्वजनिक गरेकोले आफूहरूको चाहना भनेको अहिलेलाई कम्तिमा वाम गठबन्धन टुटोस् भन्ने रहेको नेता सुमनले बताए । उनले लोकतन्त्रमा जनमतको सम्मान गर्नुपर्ने भएकोले अहिलेको जनमतलाई आफूहरूले पूर्ण रूपमा सम्मान गर्ने समेत बताए।

मुलुकमा कम्युनिष्ट शासन आयो भने न्यायलय, प्रेस स्वतन्त्रता, कलकारखाना सबैमा दबदबा रहने र एकदलीय शासन लागू हुनेप्रति आफ्नो डर, त्रास र शंका रहेको उनले बताए। ‘यस्तो डर गलत सावित होस्, त्यसैले म भन्छु यो वाम गठबन्धन टुटोस्।’

सुमनले राजपा र फोरम नेपालबीच अत्यन्तै प्रगाढ सम्बन्ध रहेको बताउँदै निकट भविष्यमा नै दुई पार्टीहरूबीच एकता हुने विश्वास दिलाए। उनले भने,‘हाम्रो विचारहरू सबै मिल्छन्, हामीबीच अत्यन्तै राम्रो र सुमधुर सम्बन्ध छ, अहिलेको जनमतले पनि हामीलाई एकताको लागि दबाब दिएको छ, जनताको चाहना पनि यही हो, त्यसैले निकट भविष्यमा पार्टी एकता हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।’

उनले राष्ट्रिय सभासम्बन्धी गठनको विषयलाई लिएर अहिले भइरहेको विवादबारे टिप्पणी गर्दै भने,‘यो संविधानमा धेरै त्रुटिहरू छन्, यसलाई अभ्यास गर्दै जाँदा अहिले थाहा भइरहेको छ, संविधान जारी गर्ने दलहरूले अहिले यही समस्या भोगिरहेका छन्।’

उनले वाम गठबन्धनबाट सरकारको नेतृत्व वाम गठबन्धनले गर्ने निश्चित भएकोले एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तुलनात्मक रूपमा राम्रो भएकोले उनको नेतृत्वमा सरकार बनोस् भन्ने आफूहरूको चाहना रहेको सुनाए।

उनले भने,‘ओलीजी हामीप्रति निकै कडा, कठोर र कटु वचन बोल्ने नेता हुन्, भोलिसम्म यो बानी परिवर्तन हुनपनि सक्छ, तर एमाले अछुत छ, उसका नेताहरूले हामीलई कहिले भाषाको नाममा, कहिले पहिरनको नाममा, कहिले के को नाममा गालीगलौज र तथानाम भन्ने गरेका छन्, यो आलोकमा प्रचण्ड राम्रा छन्, उनले कम्तिमा संविधान संशोधनको लागि लचकता अपनाए, पहलकदमी लिएका थिए, ९भलै हुन सकेन०, तर प्रचण्ड तुलनात्मक रूपमा ओलीभन्दा राम्रा छन्।’

त्यस्तै, उनले २ नम्बर प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने समेत जनाए । सुमनले थपे,‘म जिम्मेवारी दिइए प्रधानमन्त्री पनि चलाउन सक्छु नि, मुख्मन्त्री मात्रै किन रु तर यस सम्बन्धमा हामी अहिले छलफलमा छौं, आवश्यक परे म जिम्मेवार वहन गर्न तयार छु।’

विशेष