राजनीति

प्रचण्ड प्रधानमन्त्री बने, राजपा सहयोग गर्न तयार

प्रचण्ड प्रधानमन्त्री बने, राजपा सहयोग गर्न तयार


काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल राजपा को अध्यक्ष मण्डलका एक सदस्यले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भावी सरकारको नेतृत्व गर्न अग्रसर भएमा उनलाई सघाउन तयार रहेको बताएका छन्।

वामपन्थी गठबन्धनभित्र खिचलो बढिरहेको र नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गरेको भन्ने समाचारका माझ उनको त्यस्तो धारणा आएको छ। पार्टी एकीकरण गर्ने लक्ष्यका साथ गठबन्धन बनाएका नेकपा एमाले र माओवादी केन्द्रका नेताबाट शक्ति बाँडफाँटबारे फरक-फरक मत आइरहेका बेला भावी सरकार गठनबारे अन्योल बढेको देखिन्छ।

वामपन्थी गठबन्धन फुट्ने र फुटाउने प्रयासबारे पनि चर्चा जारी छ। तर एमाले बाहेकको सरकारको नेतृत्व गर्न प्रचण्ड तयार भएमा कांग्रेससँगै तराई केन्द्रित दलहरुको पनि समर्थन अनिवार्य हुनेछ।

राजपा अध्यक्ष मण्डलका एकजना सदस्य अनिल झाले भने, विगतमा विभिन्न कारणले प्रचण्डसँग सम्बन्ध रहने–टुट्ने गरेको छ। तर यो देशमा पहाडी समुदायका सबै राष्ट्रिय नेताभन्दा मधेशी, आदिवासी–जनजाति, दलित, समावेशी र संघीयताको निम्ति उहाँ उदार नेता हो। उहाँलाई हामीले सहयोग गर्नुपर्छ।

विशेष