राजनीति

कमल थापाले दलहरुलाई लगाए यस्तो आरोप भन्दछ् सिन्डिकेट बन्दगर

कमल थापाले दलहरुलाई लगाए यस्तो आरोप भन्दछ् सिन्डिकेट बन्दगर


काठमाडौं। उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले १२ वर्षदेखिको राजनीतिक सिन्डिकेट प्रणाली बन्द हुनुपर्ने बताएका छन् । राजनीतिक सहमतिका नाममा प्रमुख दलहरू कुनै निर्णयमा नपुगेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।

राप्रपा अध्यक्ष थापाले तीन तहकै निर्वाचन सम्पन्न भइसकेको बताउँदै अब विधिविधानअनुसार राज्य व्यवस्था सञ्चालन हुनुपर्ने बताए । ‘नयाँ संविधान कार्यान्वयनमा आएको दुई वर्ष भयो, संसद्को चुनाव पनि सकियो । अब विधिविधानअनुसार राज्य व्यवस्था सञ्चालन हुनुपर्छ,’ थापाले मंगलबार बिहान ट्विटमार्फत भनेका छन् ।

निर्वाचनको परिणाम आएको दुई सातापछि थापाले राजनीतिक गतिरोधबारे पहिलोपटक मुख खोलेका हुन् । थापा मकवानपुर १ मा प्रतिनिधिसभा निर्वाचनमा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका हुन् ।

उनले संविधानको विवादमा कांग्रेस, एमाले, माओवादीलगायतका दल अल्झेको भन्दै अदालत जाने बाटो खुला रहेको बताएका छन् । ‘संविधानको व्याख्यामा विवाद वा चित्त नबुझे संविधानबमोजिम सर्वोच्च अदालतले टुंगो लगाउँछ । कथित सहमतिको नाममा १२ वर्षदेखि राजनीतिमा कायम सिन्डिकेट प्रणाली अब बन्द हुनुपर्छ,’ थापाले भनेका छन् ।

निर्वाचन आयोगले प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गरिसकेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको आइसके पनि समानुपातिकतर्फको सिट संख्याबारे घोषणा गर्न बाँकी नै छ । जसका कारण नयाँ सरकार गठनमा ढिलाइ हुँदै गएको छ ।

विशेष