राजनीति

हेटौडामा टाटा सुमो दुर्घटना ८ घाइते

हेटौडामा टाटा सुमो दुर्घटना ८ घाइते


हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको जिप बुधबार विहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

विहान काठमाडौं जाँदै गरेको टेम्पो तथा मझौला यातायातको ना १ ज १९३९ नम्बरको टाटा सुमो जिप दुर्घटनामा परेको हो। भीमफेदीको जुरिखेत नजिक सडकबाट ५० मिटर तल खसेको उक्त जिपमा सवार विदुर धितालले जानकारी दिए।

घाइतेहरूको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। साँघुरो सडकमा यान्त्रिक खराबीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

विशेष