विचित्र विश्व

मोजा गनाउँदा दश वर्ष जेल !

मोजा गनाउँदा दश वर्ष जेल !

काठमाडौं । गनाउने मोजा जो कोहीलाई पनि टाउको दुखाईको विषय हुन सक्छ । तर यो लगाउने मानिसले सामुन्ने बसेको मानिसको कुरा सुनेन भने अवस्था खतरनाक पनि हुन सक्छ । रुसमा यस्तै भएको छ ।

रुसमा विमानमा यात्रा गरिरहेको समयमा गनाउने मोजा खोलेपछि दुई यात्रुबीच झगडानै भएको छ । झगडा यती लम्बियो कि मोजा गनाएको आरोपमा अर्को व्यक्तिले गनाउने मोजा लगाउने व्यक्तिलाई चक्कुनै प्रहार गरेका छन् ।

मोजा गनाएको विषयमा सुरु भएको झगडा विमान अवतरण हुने बेला सम्म चलेको थियो । झगडा बढ्दा बढ्दा सहयात्रीले उक्त व्यक्तिमाथि चक्कुले हमला गरेका छन् । योे विषयमा जानकारी पाएपछि प्रहरी घटना स्थलमा पुगेर घाइते भएका व्यक्तिलाई अस्पताल पुर्याए ।

मिडियामा आएको समाचार हनुसार हमला गर्ने व्यक्ति ५४ वर्षिय थिए । गनाउने मोजा फुकाल्ने व्यक्ति ३१ वर्षका थिए । प्रहरीका अनुसार चक्कु प्रहार गर्ने व्यक्तिको आरोप प्रमाणित भएमा उनलाई १० वर्षको जेल सजाय हुन सक्छ ।

विशेष