राजनीति

१०० वर्ष पुग्न लागेका राष्ट्रकवि घिमिरे महाकाव्य लेख्दै

१०० वर्ष पुग्न लागेका राष्ट्रकवि घिमिरे महाकाव्य लेख्दै

काठमाडौं, पुस १३ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताएका छन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटाै‌ स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा उनले केही महिनापछि आफू १०० वर्ष पुग्न लागेकाले सो महाकाब्य प्रकाशनमा ल्याउने जानकारी दिए ।     

उनले ज्येष्ठ नागरिकलाई परिवारको हेरचाह, स्नेह र मायाको खाँचो पर्ने बताउँदै उनीहरुको सामाजिक सुरक्षाका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।     महासंघका कार्यवाहक अध्यक्ष मदनदास श्रेष्ठले उनीहरुले देखाएको मार्गनिर्देशनलाई परिवार, समाज र राज्यको सबै निकायले अनुशरण गर्नुपर्ने सुझाव दिए । उनले ज्येष्ठ नागरिकको अनुभवलाई उपयोग गरी समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।     

अहिले मुलुकमा करिब २७ लाख ज्येष्ठ नागरिक रहेको र देशका ६५ जिल्लामा सञ्जाल विस्तार भएको बताइएको छ । विसं २०६८ पुस १२ गते महसंघ स्थापना भएको हो ।

विशेष