धरानमा दुई टाउको, चार हात भएको अनाैठाे बच्चा जन्मियो
धरान । सुनसरीको धरानमा एक महिलाले चार हात, दुई खुट्टा र दुई टाउको भएको बच्चा जन्माएकी छिन् । ती महिला गत मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूती विमागमा आएकी थिइन् ।
प्रसूतीका लागि जटिल समस्या आएपछि तत्कालै पेट चिरेर सो बच्चा निकालिएको प्रतिष्ठानका डा. सूर्यप्रसाद रिमालले बताए । चिकित्सकका अनुसार इनरुवा ८ बस्ने चन्द्रनारायण मण्डल र सोनाम मण्डल दम्पतीका छोरीका रुपमा शिशुको पेट र छाती टाँसिएको अवस्थामा शिशु जन्मेको हो । शिशुको चार हात, दुई खुट्टा र एउटै यौनाङ्ग रहेको थियो । उक्त नवजात शिशु स्वासप्रसासको समस्याका कारण जन्मेको २४ घण्टापछि मृत्यु भएको बताइएको छ ।